२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य समायोजन



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शेयर मूल्य समायोजन भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट प्रस्ताव गरेको १८ प्रतिशत शेयर लाभांशसँगै आज मूल्य समायोजन गरेको हो ।

स्टकले बैंकको शेयर लाभांश पश्चात् प्रतिकित्ता रु ५७७ मा शेयरमूल्य समायोजन भएको जनाएको छ । बैंकको औसत आधारमूल्य रु ६६७ रहेको छ ।

बैंकले आव २०७४÷७५ को नाफाबाट प्रस्ताव गरेको १८ प्रतिशत शेयर लाभांश र २२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । बैंकले यही पुस २९ गते वार्षिक साधारणसभाको आह्वान गरेको छ । हाल बैंकको चुक्ता पूँजी रु १० अर्ब ६४ करोड ५६ लाख रहेको छ भने लाभांश वितरणपछि चुक्ता पूँजी रु १२ अर्ब ५६ करोड १८ लाख पुग्नेछ । रासस