२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुकले बनाउँदै क्रिप्टो करेन्सी



अ+ अ-

सोसल मिडिया कम्पनी फेसबुकले आफ्नै डिजिटल मुद्रा क्रिप्टो करेन्सीको विकास गर्न लागेको छ । त्यस क्रिप्टो करेन्सीलाई प्रयोगकर्ताले ह्वाट्सएपमार्फत पनि पठाउन सक्नेछन् ।

फेसबुक एउटा यस्तो ‘स्थिर मुद्रा’ बनाउँदैछ जसलाई प्रयोगकर्ताले फेसबुकको मोबाइल मेसेजिंग सर्भिसमार्फत पैसा पठाउने प्रयोजनमा प्रयोग गर्न सक्नेछन् ।

ब्लुम्बर्गका अनुसार उक्त स्टेबल क्वाइन एक प्रकारको डिजिटल करेन्सी हुनेछ र त्यसको मूल्य अमेरिकी डलर बराबर हुनेछ । फेसबुकको उक्त मुद्रा बिटक्वाइन जस्ता क्रिप्टोकरेन्सी जस्तो अस्थिर नहुने भएकोले पनि धेरैको रोजाइमा पर्ने विश्वास गरिएको छ ।

ब्लुम्बर्गका अनुसार फेसबुकले भारतमा आफ्नो डिजिटल करेन्सी लञ्च गर्ने सम्भावना छ । भारत विश्वमा सबैभन्दा धेरै रेमिटेन्स भित्राउने मध्येको देश हो जहाँ विदेशमा रहेका करोडौँ भारतीयहरुले भारतका आफ्ना परिवार र आफन्तलाई ठूलो परिमाणमा पैसा पठाउँदछन् ।

फेसबुकलाई आफ्नो डिजिटल मुद्रा वास्तविक रुपमा लञ्च गर्नका लागि केही समय भने लाग्नेछ । फेसबुक प्रवक्ताका अनुसार अहिले कम्पनीले यसको रणनीति बनाइरहेको छ र ब्लकचेन टेक्नोलोजीको क्षमताबाट बढि भन्दा बढी लाभ कसरी उठाउन सकिन्छ भन्ने कुराको खोजी गरिरहेको छ ।

स्मरण रहोस् पेपल कम्पनीका पूर्व अध्यक्ष डेभिड मार्कसलाई फेसबुकमा भित्र्याएसँगै फेसबुकले कुनै खाले वित्तीय सेवाको विकासमा काम सुरु गरेको अड्कल धेरैले काटेका थिए ।

मार्कस नेतृत्वको टिमले फेसबुकमा ब्लकचेन टेक्नोलोजीका उपयोगितामा गहन अन्वेषण गरिरहेको छ ।

ब्लुम्बर्गका अनुसार सन् २०१७ मा भारतमा ६९ अर्ब डलर रेमिटेन्स भित्रिएको थियो । भारतमा ह्वाट्सएप प्रयोगकर्ताको संख्या २० करोड रहेको छ । यस्तो अवस्थामा फेसबुकले क्रिप्टो करेन्सीलाई पहिलोपटक भारतमै सुरु गर्ने योजना बनाएको बताइएको छ ।

के हो क्रिप्टो करेन्सी ?

क्रिप्टो करेन्सी एउटा डिजिटल मुद्रा हो जसलाई अनलाइन मार्फत रकम भुक्तानी वा ट्रान्सफर गर्दा प्रयोग गरिन्छ ।

यो वास्तवमा पैसाको अनलाइन संस्करण वा भर्चुअल मुद्रा हो भन्दा फरक पर्दैन । यस्तो खालको डिजिटल सम्पत्ति जसलाई एक जनाबाट अर्को व्यक्तिमा हस्तान्तरण गर्न सकिन्छ ।

सबैखाले क्रिप्टो करेन्सीले ब्लकचेन प्रविधिको प्रयोग गर्दछन् । विशिष्ट खालका नियमहरुको आधारमा यस्ता मुद्राको सिर्जना तथा प्रसार हुन्छ । हरेक क्रिप्टो करेन्सीका लागि छुट्टै नियम हुन्छ ।

बिट क्वाइन सबैभन्दा पहिलो क्रिप्टो करेन्सी हो, जुन ८ वर्षअघि अस्तित्वमा आएको थियो । लाइट क्वाइन र डोजक्वाइन लगायतका विभिन्न खाले डिजिटल करेन्सीहरु अहिले प्रचलनमा रहेका छन् ।

एक तथ्यांक अनुसार अहिले विश्वमा हरेक दिन क्रिप्टो करेन्सी मार्फत २ लाख ७० हजार पटक रकम लेनदेन हुन्छ ।

एजेन्सीको सहयोगमा