२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरियाले १० हजार नेपाली कामदार लग्ने, दोस्रो साता भाषा परीक्षाको आवेदन



अ+ अ-

काठमाडौं । रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत १० औं भाषा परीक्षाको आवेदन फागुन दोस्रो साता खुल्ने भएको छ । इपिएस नेपाल शाखाका अनुसार कोरियाले आगामी सन् २०१९ का लागि नेपालबाट १० हजारभन्दा बढी कामदार लैजाने तयारी गरिरहेको छ ।

कोरिया सरकारले हालै आगामी वर्षका लागि आफ्नो देशमा आवश्यक पर्ने विदेशी कामदारको संख्या निर्धारण गरेसँगै नेपालले १० हजारभन्दा बढीको कोटा पाउने भएको हो । नेपाली कामदाको कार्यक्षमता उत्कृष्ट रहेको जनाउँदै कोरियाले कोटा बढाएको हो ।

कामदार छनोट गर्न फागुनमा भाषा परीक्षाको सूचना आह्वान गरी जेठको अन्तिम र असार पहिलो साता परीक्षा गर्ने तयारी भइरहेको जनाइएको छ । वैदेशिक रोजगार विभाग इपिएस शाखाले विगतको वर्षको उत्तीर्ण संख्याका आधारमा आगामी वर्षका लागि नेपालले अनुमानित १० हजार कोटा पाउने जानकारी गराएको हो ।