२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवादास्पद सैनिक फिर्ती आदेशमा हस्ताक्षर



अ+ अ-

वासिङटन । सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने आदेशमा हस्ताक्षर भइसकेको अमेरिकी सैनिक अधिकारीहरुले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानबीच सैनिक रिक्तता हुन नदिने सहमति भएसँगै उक्त आदेशमा हस्ताक्षर भएको हो ।

गृहयुद्धबाट तहसनहस भएको सिरियाबाट एकाएक अमेरिकी फौज फिर्ता लैजाने अमेरिकी राष्ट्रपतिको घोषणाले विश्वभर अमेरिकी साझेदार मुलुकहरु र अमेरिकी राजनीतिक नेताहरुलाई नै अचम्भित बनाएको थियो । सिरियामा सङ्घर्षरत इस्लामिक स्टेट ९आइएस० का लडाकू विरुद्धको कारबाहीमा बहुराष्ट्रिय सेनासँगै करिब २ हजार अमेरिकी सेना सिरियामा तैनाथ छ ।

अमेरिकी सैनिक फिर्तीको आदेशको विस्तृत विवरण भने दिइएको छैन ।

टर्कीले सिरियाबाट अमेरिकी फौज फिर्ता हुने विषयलाई स्वागत गरेको छ । यहाँ विचारणीय पक्ष के छ भने आइएस विरुद्ध अमेरिकी सेनालाई सघाएका कुर्दिस लडाकूमाथि कारबाही गर्न टर्कीलाई छुट प्राप्त हुनेछ । कुर्दिस लडाकूलाई अमेरिकीले मित्रशक्ति माने पनि टर्कीले आतङ्ककारीको रुपमा लिने गर्दछ ।

टर्कीको राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको वक्तव्यमा दुबै राष्ट्रपतिबीच भएको टेलिफोन वार्तामा पनि दुबै मुलुकले सैनिक, कुटनीतिक तथा शक्तिको रिक्ततालाई हटाउन समन्वयात्यक रुपमा कार्य गर्न सहमति भएको उल्लेख छ । उक्त वक्तव्य आउनुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले समेत ट्वीट गरी दुबै देशले आगामी दिनमा गर्नुपर्ने सहकार्यका बारेमा रचनात्मक छलफल भएको बताउनुभएको थियो ।

कुर्दिस मामिला सम्बन्धी विश्लेषक मुट्लु सिभिरोग्लुले यो सम्झौतापछि कुर्दिसमाथि हमला गर्न टर्कीलाई बाटो खुलेको बताउँदै फेरि रक्तपातपूर्ण युद्ध शुरु हुनसक्ने औंल्याउनुभयो ।

फ्रान्सेली राष्ट्रपति इमानुएल माँक्रोले ट्रम्पको निर्णयबाट आफू दुःखी भएको बताउनुभयो । रासस