२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशको आमनिर्वाचनः प्रधानमन्त्री हसिनाको अग्निपरीक्षा, रनभूल्लमा विपक्षी



अ+ अ-


ढाका । यसै साता बंगलादेशमा संसदका लागि आमनिर्वाचन हुँदैछ । प्रधानमन्त्री शेख हसिनाको दल ऐतिहासिक जिततर्फ अग्रसर रहेको अड्कलबाजी गरिएका छन् । उहाँकी चिर प्रतिद्वन्द्वी खालेदा जिया ढाकाको जेलमा बन्दी हुनुहुन्छ । तैपनि दुबै नेतृहरु चुनावमा विजयी हुने आशामा छन् ।

बंगलादेशका “झगडालु बेगम”हरु विगत तीन दशकदेखि एकअर्काविरुद्ध लडिरहेका छन् । यो चुनावमा विजयी भए शेख हसिनाले बंगलादेशमा सबैभन्दा लामो अवधिसम्म सत्तासिन हुने रेकर्ड बनाउनुहुनेछ ।

यी दुबै महिला नेतृहरु सन् १९८० को दशकदेखि नै विरासतका आधारमा राजनीतिक रुपमा सक्रिय हुनुहुन्छ । हाल ७३ वर्ष पुग्नुभएकी खालेदा जिया पूर्व सैनिक तानाशाहकी विधवा हुनुहुन्छ भने हसिनाका बुबा बंगलादेशका संस्थापक नेता हुनुहुन्छ ।

साथै, यी दुबै महिला नेतृले जनआन्दोनको आडमा सन् १९९० मा सैनिक तानाशाह हुसेन मोहम्मद एर्सादलाई सत्ताच्यूत गरी लोकतन्त्र पुनस्र्थापना गरेका थिए ।

बिडम्बना, सन् १९९१ मा प्रधानमन्त्रीमा खालेदा जिया निर्वाचित भएपछि यी दुई महिला नेतृबीच चरम कटुता उत्पन्न भयो । त्यसपछिका चुनावबाट यी दुई लगभग आलोपालो प्रधानमन्त्री भइरहेका छन्, र प्रतिशोधको राजनीति चरम विन्दुमा पुगेको ।

हसिना आगामी निर्वाचनबाट चौथो पटक प्रधानमन्त्री हुने तयारीमा हुनुहुन्छ । चुनावी मतसर्वेक्षणमा उहाँको पक्षमा पहिलेझैं मत प्राप्त नहुने देखाएको छ । सरकारले विपक्षीमाथि तानाशाही प्रवृत्ति देखाएको आरोप उहाँमाथि छ ।

विपक्षी दलकी अध्यक्ष खालेदा जिया भ्रष्टाचारको आरोपमा १७ वर्षको जेलमा हुनुहुन्छ । उहाँको दल बंगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० ले उक्त आरोप “राजनीतिक प्रेरित” रहेको भन्दै आलोचना गरिरहेको छ ।

बंगलादेशी कानुन बमोजिम जियाले चुनाव लड्न पाउनुहुने छैन । बीएनपीले चुनाव स्वच्छ र पारदर्शी रुपमा हुन नसक्ने दाबी गरेको छ । हालैका महिनामा पार्टीसम्बद्ध हजारौं कार्यकर्तालाई पक्राउ गरिएको बीएनपीले जनाएको छ ।

जिया अहिले बाथ तथा मधुमेह रोगबाट पीडित हुनुहुन्छ । उहाँको हालैमात्र घुँडाको प्रत्यारोपण गरिएको थियो । उहाँ आफैँले मुश्किलले मात्र हिँड्न सक्नुहुन्छ । पश्चिमा कुटनीतिक समुदायले उहाँ राजनीतिमा पुनः सक्रिय हुने सम्भावना नरहेको बताएका छन् ।

“उहाँको राजनीतिक यात्रा समाप्त भइसक्यो,” ढाकास्थित एकजना कुटनीतिज्ञले बताउनुभयो । उहाँको एकमात्र सम्भावना भनेको औषधोपचारका लागि विदेश जान पाउने अधिकारको खोजी मात्र हो ।

जियाको कमजोर परिस्थितिले उहाँको परिवारमै सङ्कटको बादल मडारिएको छ ।

जियाको कान्छो छोराको सन् २०१५ मा निर्वासनकै क्रममा बैंककमा मृत्यु भएको थियो । उहाँको जेठो छोरा तारिक रहमान सन् २००८ देखि नै लन्डनमा निर्वासनमा हुनुहुन्छ । तारिकले सन् २००१ को निर्वाचनमा खालेदा जियालाई विजयी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

अक्टोबरमा तारिक विरुद्ध आजीवन काराबासको सजाय सुनाइएको छ । उहाँमाथि सन् २००४ मा हसिनाले ढाकामा आयोजना गर्नुभएको चुनावी र्यालीमा ग्रिनेड आक्रमणको अगुवाई गरेको आरोप छ । उक्त आक्रमणमा २० जनाको मृत्यु भएको थियो ।

विश्लेषकहरुको भनाईमा चर्चामा नरहे पनि चुनावमा जियाको प्रभाव निकै छ । “हो, केही समयका लागि दुई बेगमबीचको शक्ति सङ्घर्ष ओझेलमा परेको देखिएको छ,” इलिनोइस स्टेट युनिभर्सिटीका राजनीतिशास्त्री प्राध्यापक अलि रियाजले बताउनुभयो । “तर खालेदा जियाको राजनीतिक युग सकिएको अहिल्यै ठोकुवा गर्नु ठीक होइन । खालेदा जिया चुनावमा उम्मेदवार नभए पनि उहाँको नाम र प्रभाव सकिएको छैन ।”

जियाको कठिनाई सन् २०१४ को चुनाव बहिस्कार गर्ने निर्णयपछि अझ बढेको हो । हसिनाले बंगलादेशमा चुनावी सरकार गठन गर्ने प्रणाली खारेज गरेपछि चुनावमा व्यापक धाँधली भएको बीएनपीको आरोप छ ।

उक्त चुनावपछि भड्किएको हिंसामा दर्जनौं व्यक्तिको मृत्यु भयो । अर्को वर्ष राष्ट्रव्यापी सडक तथा रेलमार्ग अबरुद्ध पार्ने अभियान चलाइयो । उक्त अभियानको मुख्य उद्देश्य मध्यावधि चुनावका लागि हसिनालाई बाध्य पार्नु थियो । तर चुनाव भएन, बरु १५० भन्दा बढी मानिस मारिए ।

जियाको दलको आह्वानमा भएको यस आन्दोलनले आममानिसलाई क्रुद्ध बनायो । विश्लेषकहरुका अनुसार बीएनपीमाथि जाइलाग्न हसिनालाई यो आन्दोलनले उल्टै मद्दत गरेको थियो ।

“चुनाव बहिस्कार गर्ने तथा नाकाबन्दी गर्ने निर्णय दुबै आत्मघाती ठहरिए,” ढाकास्थित राजनीतिशास्त्री प्राध्यापक अताउर रहमानले बताउनुभयो । “यो अभियानले पार्टीलाई कमजोर बनायो र विपक्षीमाथि जाइलाग्न ठूलो अवसर सिर्जना ग¥यो । यो परिस्थितिले त्यसयता एक दलीय राजनीतिक प्रणालीका रुपमा हसिनाको दल उभिएको छ ।”

केही मानिसको विश्वासमा जियाको परिवारले बीएनपीमाथिको नियन्त्रण गुमाउने स्थिति देखा परिसकेको छ । पार्टीको निमित्त अध्यक्ष रहेका जियाका छोराले लन्डनबाटै भिडियो संवादमा पार्टीका सम्भावित उम्मेदवारको अन्तर्वार्ता गरेका थिए ।

“यसले के सङ्केत गरेको छ भने जियाको वंश अझै पनि निकै बलियो छ र पार्टीभित्र बलियो प्रभाव कायम राखेको छ,” ओस्लो विश्वविद्यालयका प्राध्यापक मुबासर हसनले बताउनुभयो । रासस