२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गर्न नयाँद्वार खुल्ने



अ+ अ-


कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि पर्यटकलाई सहजता प्रदान गर्न नयाँ द्वार खुल्ने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कञ्चनपुरको बेलडाँडीदेखि पर्यटक प्रवेशको लागि नयाँ प्रवेशद्वार खोल्न निकुञ्ज कार्यालयलाई पत्राचार गरेको छ ।

पत्रमा निकुञ्जलाई विभागले तीन बुँदे निर्देशनात्मक आदेश दिँदै निकुञ्ज, मध्यवर्ती क्षेत्र, बेलडाँडी रेञ्जपोष्टबाट नयाँ प्रवेशद्वार खोली कार्यालयको स्वीकृत सङ्गठन तथा व्यवस्थापन अनुसार मौजुदा जनशक्तिबाट सञ्चालनमा ल्याउने, टिकट काउण्टरलगायत न्यूनतम पर्यटकीय पूर्वाधारको सुविधा कार्यालयको वार्षिक कार्यक्रम, सरोकारवाला निकायको समन्वय सहयोग तयार गर्दै जाने र पर्यटक, प्रकृति पथप्रदर्शक, राजश्व सुरक्षा व्यवस्था कार्यालयले मिलाई समयमै नियमित रुपमा राजश्व राखिला गर्न भनिएको छ ।

विभागका सहायक व्यवस्थापन अधिकृत विष्णुप्रसाद थपलियाले हस्ताक्षर गरेको पत्रमा १६ असोजको निर्णयअनुसार कार्यान्वयन गराउन निर्देशन दिइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत उत्तम चौधरीले विभागले दिएको पत्रअनुसार प्रवेशद्वार खोल्ने बारे कार्य अगाडि बढाइन लागेको बताउनुभयो ।

“नयाँ खुल्ने प्रवेशद्वारसँगै जङ्गल सफारीका लागि समेत कार्य अगाडि बढाइन्छ” उहाँले भन्नुभयो । नयाँ प्रवेशद्वार खुलेमा भारतीय पर्यटक भित्र्याउन सहज हुने देखिएको छ । अहिले पर्यटकले निकुञ्जको मुख्य कार्यालय रहेको मझगाउँबाट मात्रै निकुञ्ज प्रवेश गर्न पाउने गरेका छन् । रासस