२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोत्कृष्ट खेलाडीले एक/एक लाख पाउने



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको आयोजनामा यसै महिना हुने उत्कृष्ट खेलाडी सम्मान कार्यक्रममा सर्वोत्कृष्ट घोषित हुने एक महिला र एक पुरुष खेलाडीले जनही रु एक लाख पुरस्कार पाउने भएका छन् ।

अघिल्लो वर्षका प्रतियोगिताहरुमा गरेको प्रदर्शनका आधारमा सर्वोत्कृष्ट खेलाडीको घोषणा गरिने सङ्घले जनाएको छ । सङ्घका अनुसार सर्वोत्कृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने पुरस्कार यस वर्षदेखि जनता बैंकले उपलब्ध गराउने भएको छ ।

बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत अजय मिश्र र खेलाडी सङ्घका तर्फबाट अध्यक्ष दीपक श्रेष्ठले सम्झौतापत्रमा आज हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार बैंकले आगामी पाँच वर्षसम्म सङ्घलाई सर्वोत्कृष्ट खेलाडी पुरस्कारका लागि रु दुई लाख उपलब्ध गराउनेछ ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले बैंकको यो सहकार्यबाट खेलाडीहरुलाई विशेष प्रोत्साहन मिलेको बताउनुभयो । अन्तर्राष्ट्रिय जगतमा देशको नाम उच्च राख्न पसिना बगाउने खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यमा सङ्घले लामो समयदेखि वर्ष खेलाडी सम्मान कार्यक्रम आयोजना गर्दै आएको छ । रासस