२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सयौ बालबालिकालाई कम्मल बाडियो



अ+ अ-

दाङ । घोराहीमा रहेको सगरमाथा सिमेन्ट प्रालिले बिहीबार तुलसीपुरस्थित राप्ती बहिरा सङ्घमा रहेका १०० सुस्त श्रवण बालबालिकाका लागि कम्मल उपलब्ध गराएको छ ।

कम्पनीका जनसम्पर्क अधिकारी अमर सुवेदीको नेतृत्वमा आएको टोलीले बहिरा सङ्घकी कार्यक्रम निर्देशक प्रतिमा शर्मालाई ती बालबालिकाको छात्रावासमा पुगेर १०० थान कम्मल प्रदान गर्नुभएको हो ।

चिसो मौसम शुरु भएपछि प्रत्येक वर्षझैँ प्रालिले यस वर्ष पनि जिल्लाका विभिन्न स्थानमा पुगेर ज्येष्ठ नागरिक, दृष्टिविहीन तथा बहिरा बालबालिकालाई कम्मल वितरण गर्दै आएको छ ।

हिजै उक्त कम्पनीले घोराही उपमहानगरपालिका र बगलाचुली गाउँपालिकाका विभिन्न स्थानमा रहेका विपन्न दृष्टिविहीन २०० बालबालिकालाई पनि कम्मल वितरण गरेको थियो । रासस