२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतबाटै अनुमतिपत्र नवीकरण



अ+ अ-

वीरेन्द्रनगर । यातायात व्यवस्था कार्यालय सुर्खेतले पहिलोपटक सवारी चालक अनुमतिपत्रको नवीकरण सेवा शुरु भएको छ । आज कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उक्त सेवाको उद्घाटन गर्नुभएको हो ।

मन्त्री ज्वालाले प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा डम्मर खड्काको अनुमतिपत्र नवीकरण गरेर सेवा उद्घाटन गर्नुभएको हो । नवीकरण सेवा उद्घाटनपछि आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सबै सेवा दिनका लागि व्यवस्थापन गर्न प्रदेश सरकार लागेको बताउनुभयो । उहाँले सेवालाई निरन्तर र जनमुखी बनाउने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।

हालसम्म राजश्व सङ्कलनको मात्र काम गर्दै आएको यातायात कार्यालयले अबदेखि सवारी साधन दर्ता, चालक अनुमतिपत्र वितरण, नवीकरण, परीक्षा सञ्चालन समेत गर्नेछ । नवीकरण सेवा शुरु भए पनि अन्य कामका लागि भने केही समय लाग्ने कार्यालयका निमित्त प्रमुख घनश्याम बोगटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यालयमा जनशक्ति पूर्ति, विद्युतीय तथा सञ्चार प्रणालीको आवश्यक व्यवस्थापनपछि कार्यालयबाट सबै सेवा प्रदान गरिने छ । कार्यालयमा २९ जना कर्मचारीको दरबन्दी भए पनि पूरा जनशक्ति नभएको उहाँले बताउनुभयो । रासस