२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

दृष्टिविहीन विद्यार्थीलाई आवासीय अपाङ्गमैत्री भवन



अ+ अ-

जुम्ला । सिंजा गाउँपालिका–३ नराकोटस्थित भैरव मावि नराकोटमा निर्माणाधीन अपाङ्गमैत्री भवन निर्माणपछि दृष्टिविहीन विद्यार्थीलाई सहज हुने भएको छ ।

दृष्टिविहीन विद्यार्थीका लागि छात्रावास तथा जिल्लाकै नमूना अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवन नराकोटमा निर्माण भइरहेको हो । प्लान इन्टरनेशनल नेपालको सहयोग तथा किर्डाक नेपालको सहजीकरणमा भवन निर्माण कार्य ९५ प्रतिशत सम्पन्न भएको छ । जिल्ला समन्वय समिति प्रमुख लालबहादुर सार्कीले भवन अत्यन्तै भूकम्प प्रतिरोधी र अपाङ्गमैत्री भएकाले दृष्टिविहीन विद्यार्थीलाई बहुउपयोगी हुने बताउनुभयो ।
यसअघि भैरव माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई विद्यालयमै अपाङ्गमैत्री भवन नहुँदा सकस भएको थियो । उनीहरुका लागि विद्यालयदेखि झण्डै एक किलोमिटर टाढा छात्रावासको व्यवस्था गरिएको थियो । बर्खाको खोला तथा दैनिक भिरपाखामै हिँडेर दृष्टिविहीन विद्यार्थी विद्यालय आउजाउ गथ्र्ये । सधँै टाढाबाट सहयोगीको भरमा विद्यालय पुग्नु पर्ने र विद्यालयमा अपाङ्गमैत्री शौचालय तथा वातावरण नहुँदाको निकै सकस उनीहरुले भोग्दै आएका थिए । यसरी विद्यालयमा पढ्दै आएका दृष्टिविहीन विद्यार्थीलाई कुनै पनि बेला आउजाउ गर्दा चोटपटक लाग्ने वा बाटोमा कसैले हिंसात्मक गतिविधि गर्न सक्ने चिन्ता थियो, भने अर्कोतर्फ मनोबल घटेर पढाइमा समेत असर परिरहेको थियो । यही समस्यालाई मध्यनगर गर्दै नमूना अपाङ्गमैत्री भवन निर्माण भएपछि विद्यार्थी निकै खुशी भएका छन् ।

भवन निर्माणमा खटिएका सिभिल इञ्जिनीयर शेरबहादुर शाहीले दृष्टिविहीन विद्यार्थीले भोग्नुपरेका यसअघिका दुःख अन्त्य हुने बताउनुभयो । उहाँले भन्नुभयो, “भवनभित्र विद्यार्थीका लागि पर्याप्त कोठा तथा सहज एटेज बाथरुमको व्यवस्था छ, यसले गर्दा उनीहरुलाई सहज हुनुका साथै पढ्ने मनोबल बढ्ने छ ।” विद्यार्थीलाई पढाएर मात्रै नहुने भन्दै खान, बस्नको उचित व्यवस्थासहित उनीहरुको मनोबल पनि बढाउनुपर्ने उहाँको भनाइ छ । आगामी शैक्षिक शत्रदेखि दृष्टिविहीन विद्यार्थीको पढाइ गुणस्तर पनि सुध्रिने उहाँले विश्वास गर्नुभयो । विद्यालयको रेखदेख तथा समस्या समाधानमा लागि वडा पालिका तयार रहेको ३ नम्बर वडाध्यक्ष तिलाचन्द्र चौलागाईंले बताउनुभयो । रासस