२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुल्ने भो तातोपानी भन्सार नाका, आगामी वैशाख १८ देखि सञ्चालनमा आउने



अ+ अ-


सिन्धुपाल्चोक । नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका मानिएको सिन्धुपाल्चोकको तातोपानी भन्सार आगामी वैशाख १८ देखि सञ्चालनमा आउने भएको छ । बि.स २०७२ को बिनाशकारी भूकम्पले क्षति पुर्याएको नाका हालसम्म सञ्चालनमा आउन सकेको थिएन ।

तातोपानी नाका सञ्चालनका लागि यतिबेला नेपाल–चिन सीमा क्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ। मितेरी पुल,भन्सार चेक जाँच कार्यलय लगाएतका भैतिक संरचनाको क्षति पुगेपछि पुन निर्माण हुन सकेको थिएन ।

भैतिक संरचनाको पुन निर्माण पछि आगामी वैशाखबाट नाका सञ्चालन हुन लागेको चिनियाँ उच्च स्रोतले जानकारी दिएको छ। नाका सञ्चालनका लागि वैशाखको पहिलो सातासम्म पूर्वाधारको काम सकिने चिनियाँ ठेकेदारले बताएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए।