२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली सरकारमा सुविधाभाेगी मन्त्रीकाे लस्कर, करोडौं मूल्यका गाडीका साैखिन



अ+ अ-

काठमाडौ । कम्युनिष्ट सरकार मन्त्रीहरु भने करोडौका गाडीमा चढेको तथ्य फेला परेको छ । नयाँ पत्रिका दैनिकका अनुसार रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाबाट प्राप्त करिब २ करोड पर्ने टोयोटाको ल्यान्डक्रुजर, मन्त्रालयबाट प्राप्त करिब पचास लाखको स्कारपियो र गृह मन्त्रालयले दिएको लाखौको एउटा कार प्रयोग गर्दै आएको बुझिएको छ ।
यस्तै गृहमन्त्री राम बहादुर थापा एक करोड ५५ लाख पर्ने मिन्सुबिसी पजेरो चड्छन् भने स्वास्थ्यमन्त्री उपेन्द्र यादब पनि कुनै मन्त्री भन्दा कम नभई करिब २ करोडको गाडी चढेका छन् ।
कानुनमन्त्री भानुभक्त ढकाल टोयोटा कम्पनिको करोडौ पर्ने गाडीमा चढ्ने गरेको नयाँ पत्रिकाले समाचार लेखेको छ । अर्थमन्त्री युवराज खतिवडा एक करोड बराबरको निसान एक्स–ट्रायल कम्पनिको गाडी चढ्दै आएका छन् । बनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र सञ्चारमन्त्री गुकुल बास्कोटा पनि कुनै मन्त्री भन्दा कम भने छैनन् उनले चढ्ने गाडी पनि ल्याडक्रुजर प्राडो चढ्दै आएका छन् । @नयाँ पत्रिका