२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीस हजार मेट्रिक टन मल बन्दरगाहमै



अ+ अ-


वीरगञ्ज । केही दिनयता भारतको आन्ध्र प्रदेशमा आएको चक्रवातका कारण कृषि सामग्री कम्पनी लिमिटेडको ३० हजार मेट्रिक टन रासायनिक मल विशाखापट्टनम बन्दरगाहमा रोकिएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जका अनुसार विगत केही दिनदेखि भारतको आन्ध्रप्रदेशमा आएको चक्रवातको कारण विशाखापट्टनम बन्दरगाहमा रहेको रेल्वे लिकमा अवरोध भएपछि युरिया मल २५ हजार मेट्रिक टन तथा पोटास पाँच हजार मेट्रिक टन रोकिन गएको हो ।

विशाखापट्टनम बन्दरगाहबाट रेल मार्ग हुँदै उक्त रासायनिक मल वीरगञ्जको अलौस्थित एकीकृत जाँच चौकी ९आइसिपी०मा आउनुपर्ने लिमिटेडका क्षेत्रीय प्रबन्धक अजयकुमार श्रीवास्तवले राससलाई बताउनुभयो ।

उहाँले अन्य रासायनिक मल मौज्दात अवस्थामा रहे पनि पोटासको अभाव भएकाले केही मात्रामा भए पनि गहुँ खेती प्रभावित हुने बताउनुभयो ।

कम्पनीले पर्सा जिल्लामा रहेको आफ्ना १०० डिलरमार्फत चालू आवको साउनदेखि मङ्सिरसम्ममा युरिया सात हजार ४४६ मेट्रिक टन, डिएपी चार हजार ६२५ मेट्रिक टन तथा पोटास ११ मेट्रिक टन बिक्री गरेको छ । रासस