२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइल एप्स् सेवा सञ्चालन



अ+ अ-


नेपालगञ्ज । घरमै बसेर पनि गाउँपालिकाले प्रवाह गर्ने सेवाबारे बुझ्न सकिने गरी बाँकेको खजुरा गाउँपालिकाले मोबाइल एप्स् सेवा सञ्चालनमा ल्याएको छ ।

एन्ड्रोइड मोबाइलको प्लेस्टोर एप्लीकेशनमा गएर खजुरा मुनिसिपालिटी टाइप गरी इन्स्टल गरी हेर्न सकिने खजुरा गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुरेश साहुले जानकारी दिनुभयो ।

सो मोबाइल एप्लीकेशनको एक कार्यक्रमका बीच गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले मङ्गलबार विधिवत् रुपमा शुभारम्भ गर्नुभयो । अध्यक्ष कक्षपतिले सूचना तथा जानकारी र सेवा हेर्न सकिने गरी मोबाइल एप्स् सञ्चालनमा ल्याएको बताउनुभयो ।

एप्स्बाट गाउँपालिकाको सेवा, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, वडाका विवरण, महत्वपूर्ण स्थानको जानकारी र आपत्कालीन टेलिफोन नम्बरको जानकारी लिन सकिने बताइएको छ । यसअघि गाउँपालिकाले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा प्रणालीलाई अनलाइनमार्फत सञ्चालनमा ल्याइएको थियो । रासस