२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा रेग्मीको योगदानबारे चर्चा



अ+ अ-

काठमाडौँ । डा. डिल्लीरमण रेग्मी स्मारक पुस्तकालय विकास समितिले डा डिल्लीरमण रेग्मीको १०६ औँ जन्मजयन्तीको अवसरमा मङ्गलबार विभिन्न कार्यक्रम गरी शान्ति दिवस एवं श्रद्धाञ्जलि सभाको कार्यक्रम गरेको छ ।

कार्यक्रममा संस्कृति तथा पुरातत्वविद् हरिराम जोशीले डा रेग्मी आफ्ना जीवनकालभरि शान्ति, सत्य, अहिंसाका पक्षमा रहनुभएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “प्रजातन्त्र र स्वतन्त्रताका पक्षधर डा रेग्मीले नेल्सन मण्डेलाजस्ता अन्तर्राष्ट्रिय व्यक्तित्वलाई शान्ति पुरस्कार दिने प्रस्तावसमेत गर्नुभएको थियो ।”

डा डिल्लीरमण रेग्मी स्मारक पुस्तकालय विकास समितिका अध्यक्ष डा तुलसीप्रसाद भट्टराईले डा रेग्मी शान्तिको प्रतीक भएको बताउनुभयो ।

प्रा डा मोहन लोहनी, विकास समितिका पूर्वअध्यक्ष प्रेम छोटा र इतिहासकार चित्तरञ्जन नेपाली, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पुस्तकालय समन्वय शाखाका प्रमुख यादवचन्द्र निरौलाले रेग्मीको व्यक्तित्वमाथि परिचर्चा गर्नुभएको थियो ।

डा रेग्मीको इच्छाअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार यस संस्थाबाट प्रदान गरिँदै आएको छ । कार्यक्रममा २५ जना महानुभावले रक्तदान गर्नुभएको थियो । रासस