२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काम पुरा नगर्ने ठेकेदारको पासपोर्ट जफत, यस्तो छ सीएमसीको चर्तिकला



अ+ अ-

काठमाडौं । निर्माण कम्पनि सीएमसी आर्थिक संकटमा परेपछि दुई निर्माणाधीन जलविद्युत आयोजनाहरु काम रोकिउको छ । सीएमसीको वित्तीय संकटले तनहुँ जलविद्युत आयोजना र दूधकोशी जलविद्युत आयोजना काम ठप्प भएको हो ।

बिधुत प्राधिकरणले मेलम्चीसहितका दुई ठुला आयोजनाको जिम्मा लिएको सीएमसीका प्रतिनिधि भाग्न खोजेपछि पासपोर्ट सहितका सरकारी कागजात जफत गरेको छ ।

पहुँच र पावरकै आधारमा ठेक्का पाएको एशियाली विकास बैंक (एडीबी) कै लगानीमा बनिरहेको मेलम्चीमा गतिलो काम नगर्दौ नगर्दै पनि एडीबीले सीएमसीलाई तनहुँमा प्राविधिक रुपमा योग्य ठहराएको थियो । प्राविकि रुपमा योग्य भएपछि सबैभन्दा कम बोलकबोल गर्दै सीएमसी आर्थिक प्रस्तामा पनि योग्य ठहरिएको थियो । तनहुँमा २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

यस्तै ६८ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनामा सीएमसीले इन्जिनियरिङ, खरिद र निर्माणको जिम्मा लिएको थियो । यो निजी क्षत्रेबाट निर्माण गर्न लागिएको आयोजना हो । सहास ऊर्जा लिमिटेडले बनाइरहेको यो आयोजना अन्तरगत सोलु खोलाको पानी तिङ्लाबाट सुरुङमा हालेर मेकुबेँसीमा बन्ने विद्युतगृहमा खसालिँदैछ ।