२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष अदालतमा मुद्दा दायर



अ+ अ-
काठमाडाैं – अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगले स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश, पोखराका प्रमुख एवं प्रदेश स्वास्थ्य निर्देशक (मेडिकल जनरलिष्ट -११ औं तह) डा. तारानाथ पौडेल विरूद्ध घुस लिएकाे अाराेपमा मंगलबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेकाे छ ।
अायाेगका प्रवक्ता एवं सहसचिव रामेश्वर दंगालद्वारा मंगलबार जारी विज्ञप्तीमा डा पाैडेलले स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह (खुला) को अ.हे.व.पदको लिखित परीक्षामा उत्तीर्ण भएका परिक्षार्थीलाई लोकसेवाको परीक्षाको अन्तर्वार्तामा उत्तिर्ण गराईदिन्छु भनी घुस मागिरहेकाे भन्ने सूचना एवं उजुरीको आधारमा रंगेहात पक्राउ गरिएकाे उल्लेख छ ।
निज पाैडेललाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरा, कास्कीबाट खटिइ गएको टोलीले एक लाख घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएकाे थियाे ।
पाैडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिएकाे भन्दै  बिगो एक लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमाेजिम सजाय मागदाबी गरिएकाे अायाेगकाे भनाइ छ ।