२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमतीलाई जबरजस्ती गरेको आरोपमा श्रीमान पक्राउ



अ+ अ-


रौतहट । आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रौतहटको चन्द्रपुर नगरपालिकामा एक महिलाले आफुलाई श्रीमानले जबरजस्ती करणी गरेको भन्दै उजुरी दर्ता गराएका हुन् । उक्त उजुरीको आधारमा प्रहरीले चन्द्रपुर–५ उनका श्रीमानलाई पक्राउ गरेको हो ।

३३ वर्षीया ती महिलाई ईच्छा विपरीत गत मंसिर २८ गते पतिले राति मादक पदार्थ सेवन गरी कुटपिट गर्दै ईच्छा विपरीत जबरजस्ति करणी गरेको आरोप लगाउदै प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी हुन् ।

महिलाका श्रीमानलाई प्रहरीले सोमबार जबरजस्ति करणीको मुद्दा दर्ता गराई अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।

मुलुकी अपराध संहिता ऐन २०७४ मा बैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीको ईच्छा विपरीत जबरजस्ती गरेमा ५ वर्षसम्म कैद हुने बेबस्था गरिएको छ ।