२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एपिएफद्धारा मच्छिन्द्र पराजित



अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल (एपिएफ)ले मच्छिन्द्र क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा चौथो जित दर्ता गराएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपिएफले मच्छिन्द्रलाई ३–१ गोलअन्तरले पराजित गर्दै जारी लिगमा चौथो जित दर्ता गराएको हो । जितसँगै एपिएफले १३ अङ्क जोडेको छ ।

खेलको तेस्रो मिनेटमा आशिष लामाले गोल गर्दै एपिएफलाई शुरुआती अग्रता दिलाए । एपिएफका युवराज खड्काको पासमा लामाले गोल गरेका थिए ।

त्यस्तै खेलेको पहिलो हाफको १२ औँ मिनेटमा युवराज खड्काले गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाए । उनले श्याम नेपालीको पासमा हेडिङमार्फत गोल गरेका थिए ।

खेलको पहिलो हाफको ३४औँ मिनेटमा मच्छिन्द्रले एक गोल फर्कायो । उसका लागि विदेशी खेलाडी अल्बा एडिमोलाले गोल गरे । जारी लिगमा मच्छिन्द्रको यो पहिलो गोल हो । नवौ खेल खेलिसकेको मछिन्द्रले यसअघि एक गोल पनि गर्न सकेकको थिएन ।

खेलको पहिलो हाफसम्म २–१ गोलअन्तरले अगाडि रहेको एपिएफले दोस्रो हाफमा एक गोल थप्यो । एपिएफका रुपबहादुर लामाले गोल गरे । उनले खेलको ८८औँ मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै एपिएफलाई ३–१ को जित दिलाए ।

नवाँै खेल खेलेको एपिएफ अङ्क तालीकाको आठौँ स्थानमा यथावत छ भने पराजित मच्छिन्द्र तीन अङ्कसहित अङ्क तालीकाको १३औँ स्थानमा छ ।

जारी लिगमा मनाङमस्र्याङ्दी क्लब २४ अङ्कका साथ शीर्ष स्थानमा छ भने समान अङ्क जोडेको सङ्कटा क्लब गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । त्यस्तै २१ अङ्कका साथ थ्रिस्टार क्लब तेस्रो स्थानमा छ । रासस