२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

तस्करलाई रोक्दा प्रहरी नै कुटिए



अ+ अ-


वीरगन्ज । पर्साको सीमावर्ती नाकाबाट भारततर्फ इन्धन लगिरहेको समूहलाई नियन्त्रणमा लिँदा खोज्दा तस्कर र प्रहरी बिच झडप भएको छ ।

उक्त झडपमा एक प्रहरी सहायक निरीक्षक सहित चारजना प्रहरी घाइते भएका छन् ।
तस्कर र स्थानीयको कुटाईबाट पाँडेपुर चौकीका इन्चार्ज असई विष्णु देव यादव, प्रहरी हवल्दार प्रेम थापा, प्रहरी जवान अर्जुन चौधरी र पिडारीगुठीका असई जय किशुन महतो घाइते भएका छन् ।

आज बिहान ३ बजेको समयमा मोटरसाइकलमा तेल बोकेर पाँडेपुर हुँदै भारतको इनर्वाको देवीगन्जतर्फ लगिरहेका तस्कर समूहलाई नाकामा पर्ने ओरिया खोलामा गस्ती गरिरहेका प्रहरीले रोकेका थिए । प्रहरीले खानतलासी गर्न खोज्दा तस्करहरुले प्रहरीमाथि ढुङगा र लठ्ठि प्रहार गरेपछि झडप परेको थियो

झडपमा गम्भिर घाइते भएका प्रहरीको वीरगञ्जको एसएल न्यूरो एण्ड जनरल अस्पताल  र नारायणी उप-क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक ढकालले बताए । झडपमा समान्य घाइते भएका प्रहरी सहायक निरीक्षक जय किशुन महतो स्थानीय स्वास्थ्य चौकी मै उपचार गराई फर्किएका छन् ।