२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौराहामा हात्ती महोत्सव हुने



अ+ अ-

चितवन । यही पुस ११ देखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा पन्ध्रौँ चितवन हात्ती महोत्सव, २०७५ हुनेभएको छ ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिनु, वन्यजन्तु संरक्षणमा एकजुट हुन आग्रह गर्नु र समाजमा जनचेतना अभिवृद्धि गराउनु महोत्सवको मुख्य उद्देश्य रहेको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताउनुभयो ।

महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती छिटो हिँड्ने प्रतियोगिता, छावाको रोचक फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती शृङ्गार प्रतियोगिता तथा राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम गरिने महोत्सव मूलआयोजक समितिका संयोजक समेत रहनुभएका घिमिरेले जानकारी दिनुभयो ।

महोत्सवका क्रममा साहित्य र पर्यटन विषयक विशेष कार्यक्रम समेत आयोजना गरिने भएको छ । स्थानीय युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, बाघमारा सामुदायिक वन, सौराहा बचत तथा ऋण सहकारी संस्था, रेवान सौराहा, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहकार्यमा महोत्सव हुँदैआएको छ ।

घिमिरेका अनुसार महोत्सवमा रु ४९ लाख १० हजार खर्च हुने अनुमान गरिएको छ । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीबाट महोत्सवको समुद्घाटन हुने कार्यक्रम तय भएको समेत जानकारी दिनुभयो । रासस