२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोरीखेतीतर्फ आकर्षण बढ्दो



अ+ अ-

चितवन । तोरीका लागि प्रख्यात जिल्ला चितवनमा पछिल्ला वर्षमा यसखेती तर्फको आकर्षण अझ बढेर गएको छ । मलको अभाव, जग्गाको खण्डीकरण, रोगव्याधि जस्ता कारण केही वर्षअघि तोरी लगाउने किसानले आलुखेती गर्ने गरेका थिए ।

पछिल्ला तीन वर्षमा तोरी लगाउने क्रम बढेर गएको कृषि ज्ञानकेन्द्र भरतपुरले जनाएको छ । केन्द्रका प्रमुख सुधिर श्रेष्ठका अनुसार अघिल्लो वर्षको तुलनामा यसवर्ष एक सय हेक्टर क्षेत्रफल बढेको छ । किसानको तोरीखेतीतर्फ आकर्षण बढेसँगै क्षेत्रफलमा पनि वृद्धि भएको उहाँले बताउनुभयो । गतवर्ष जिल्लामा १२ हजार चार सय हेक्टर क्षेत्रफलमा तोरी लगाइएको थियो । यो वर्ष १२ हजार ५०० हेक्टरमा तोरी लगाइएको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा १२ हजार तीन सय हेक्टरमा तोरी लगाइएको थियो । किसानले आफूले खानका लागि मात्रै भए पनि तोरी लगाउने क्रम बढेको उहाँले बताउनुभयो । बजारको तेलमा मिसावट हुने आशङ्कामा किसानले आफ्ना लागि आफैँ उत्पादन गर्न लागेको श्रेष्ठको भनाइ छ । क्षेत्रफल बढेसँगै उत्पादनमा पनि वृद्धि हुने अनुमान कार्यालयले गरेको छ । यससँगै विकल्पका रूपमा यो मौसममा लगाइने आलुमा भन्दा तोरीमा लाभ बढी हुने देखिएपछि किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन् ।

तोरी लगाउन सजिलो र नाफा राम्रो हुने पनि श्रेष्ठ बताउनुहुन्छ । विगतका वर्षमा मलको अभाव भए पनि पछिल्ला वर्षमा तोरीमा प्रयोग हुने मलको आपूर्ति सहज हुनेगरेको छ ।

तोरीका लागि माटोमा बन्दक नामक तत्व आवश्यक पर्ने हँुदा त्यो तत्व दिने एमोनियम सल्फेट ९चिनी मल० प्रयोग हुने गर्दछ । सो मलको प्रयोगले तोरीमा दाना पुष्ट हुने र तेलमा गुणस्तर वृद्धि हुने कार्यालयले जनाएको छ । श्रेष्ठका अनुसार यो वर्ष तोरीको उत्पादन गत वर्षको तुलनामा २५० मेट्रिकटन बढी हुने अनुमान गरिएको छ । गतवर्ष १३ हजार ५१६ मेिट्रकटन तोरी उत्पादन भएको यस जिल्लामा यो वर्ष १३ हजार ७५० मेट«िकटन उत्पादन हुने उहाँले बताउनुभयो ।

जिल्लाको माडी, भरतपुर महानगरपालिकाका केही स्थान र पूर्वी चितवनमा बढी मात्रामा तोरी लगाइन्छ । रासस