२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस महासमिति बैठकमा माइक खोसाखोस, केसीले देउवालाई प्रहार गर्न खोजे, डा.महतले रोके



अ+ अ-


काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा मंगलबार बिहान माईक खोसाखोस भएको छ । जिल्ला सभापतिहरुले विधानको मस्यौदा प्रस्तुत नगरेसम्म बैठक बस्न नदिने भनेपछि तनावकाे अवस्था सृजना भएको हो ।

जिल्ला सभापतिहरुको मागका बारेमा सभापति शेरबहादुर देउवाले अस्विकार नगरेकाे सहभागीहरूकाे भनाइ छ । जिल्ला सभापतिहरु मञ्चमा नै उक्लिएर होहल्ला सहित हाताहात गर्ने स्थितिमा पुगेका थिए। सभापति देउवालाई जिल्ला सभापतिहरुले विधान खोई भनी प्रश्न गर्दै होहल्ला सुरु गरेका थिए । सभापति देउवाले कार्यक्रम गर्दै गर्नु, बोल्ने क्रम जारी राख्नु विधान बन्दै गर्छ भनेका थिए । तर पनि उनको कुराको बेवास्ता गर्दै बोल्नेक्रममा रहेका नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले भने पार्टी सभापति देउवाप्रति लक्षित गरेर आक्रोस पोखेका थिए । त्यस क्रममा उनले माइक नै आक्रमणको तम्तयारी गरेको टाढैबाट हेर्दा बुझिन्थ्यो ।

बैठकमा सभापतिहरुका तर्फबाट बोल्ने क्रममा नुवाकोटका पार्टी सभापति जगदिश्वरनर सिंह केसीले चार दिनसम्म पनि विधान नआएको भन्दै पार्टी सभपतिप्रति लक्षित गरेर माइक प्रहार गर्न खोजेका थिए । त्यसपछि सहमहामन्त्री डा.प्रकाशशरण महतले सभापतिमाथि लक्षित सो माइक राेकेका थिए । डा.महत उक्त माइक रोक्नका लागि मञ्चमै पुगेकोले सभापति केसीले आफ्नो माइक डा.महतले खोसेको भनी आरोप लगाएका छन् । त्यसपछि उनले त्यहाँ उपस्थित प्रतिनिधिहरुलाई पनि आफ्नो माइक खोसिएको भनी प्रचार गरेका थिए । तर डा.महतले भने साे माइक सभापतिप्रति लिक्षित रहेकाेले खाेसेकाे प्रत्यक्षदशीले सभाहलबाट जनाएका छन् ।

जिल्ला सभापतिहरुले होहल्ला गर्न थालेपछि देउवाले हतार हतार बैठक स्थगित भएको घोषण गरेका थिए । अहिले सभापति देउवासहितका नेताहरु कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भेला भएर विधान मस्यौदा माथि छलफल गरिरहेका छन्।