२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेक्सिको सीमामा अमेरिकी सैनिक कटौती



अ+ अ-

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले मेक्सिको सीमामा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरेको छ । अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको ठूलो जत्थालाई सीमामै रोक्ने उद्देश्यले यसअघि करिब ६ हजार सेना तैनाथ गरिएकामा त्यसमा कटौती गरी हाल करिब तीन हजारमा सीमित गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

मध्ये अमेरिकी देशहरु खासगरी होन्डुरसबाट ठूलो संख्यामा आप्रवासीहरु अमेरिका प्रवेशका लागि अघि बढेको भन्दै भन्सार तथा सीमा सुरक्षा बल ९सीबीपी०को सहयोगका लागि थप सेना परिचालन गरिएको थियो ।

अमेरिकी रक्षा विभागका प्रवक्ता रोबर्ट म्यानिङले भन्नुभयो, “हाल सीमा क्षेत्रमा तैनाथ अमेरिकी सेनाको संख्या करिब तीन हजार मात्र छ । यी सेनामध्ये टेक्सास कोरिडोरमा एक हजार, एरिजोनामा नौ सय तथा क्यालिफोर्नियामा एक हजार २०० रहेका छन् ।”

तथापी, सीबीपीको आवश्यकता बमोजिम रक्षा विभागले आवश्यक संख्यामा सैनिक पठाउने उहाँले बताउनुभयो ।

यसै वर्षको नोभेम्बरमा सीमा करिब ६ हजार सेना परिचालन गरिएको थियो, तर पेन्टागनले कतिपय सीमा क्षेत्रमा सैनिकको बाक्लो उपस्थिति आवश्यक नरहेको मूल्याँकन गरेसँगै सैनिक कटौती गरिएको जनाएको छ । रासस