२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रसङ्घद्वारा युक्रेन प्रस्ताव पारित



अ+ अ-

वासिङ्टन । संयुक्त राष्ट्रसङ्घ महासभाको दुई तिहाई बहुमतले कृष्ण सागर र अजोभ सागरको जलक्षेत्रमा अन्तर्राष्ट्रिय पानीजहाज लैजान रुसले गरेको अबरोध हटाउनुपर्ने युक्रेनको प्रस्तावलाई पारित गरेको छ ।

युक्रेनको प्रस्तावमा ६६ राष्ट्रले पक्षमा, १९ राष्ट्रले विपक्षमा मतदान गरेका थिए भने ७२ राष्ट्र अनुपस्थित थिए । राष्ट्रसङ्घका एक अधिकारीका अनुसार युक्रेनले राष्ट्रसङ्घमा प्रस्तुत गरेको “क्राइमिया स्वायत्त गणतन्त्र र सेभास्टोपोल नगरका साथै कृष्ण सागर र अजोभ सागरमा सैनिकीकरण” दस्तावेजमा मतदान भएको थियो ।

उक्त प्रस्ताव कर्च स्ट्रेट घटना पश्चात युक्रेनले राष्ट्रसङ्घमा दर्ता गरेको हो । कर्च स्ट्रेटमा प्रवेश गरेका युक्रेनी पानीजहाजको रुसले खानतलासी गर्नुका साथै जहाजमा रहेका युक्रेनी सैनिकहरुलाई जबर्जस्ती नियन्त्रणमा लिएपछि दुबै देशबीच तनाब उत्पन्न भएको थियो ।

संयुक्तराज्य अमेरिका र युरोपेली युनियनले उक्त घटनाका सम्बन्धमा युक्रेनको पक्ष लिएका थिए । साथै उनीहरुले युक्रेनी सैनिकको तत्काल रिहाई र कर्च स्ट्रेटमा निर्वाध आवागमनको सुनिश्चितता गर्न आग्रह गरेका थिए । रासस