२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

इपिएलमा विराटनगरलाई जित्नै पर्ने दबाब



अ+ अ-

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपिएल) को समूह चरणको अन्तिम खेलमा आज विराटनगर वारियर्स र काठमाडौँ किङ्ग्स–११ खेल्दैछन् । कीर्तिपुरस्थित त्रिवी मैदानामा हुने उक्त खेलमा प्ले अफमा स्थान बनाउन विराटनगर जित्नैपर्ने दबाबमा छ ।

काठमाडौँले पहिलो खेलमा चितवनलाई ६ विकेटले जितेको थियो भने दोस्रो खेलमा ललितपुरसँग १० विकेटले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा पोखरालाई पाँच विकेटले तथा चौथो खेलमा भैरहवा ग्ल्याडियटर्सलाई सात विकेटले हराउँदै प्ले अफमा स्थान बनाएको थियो ।

विराटनगरले पहिलो खेलमा ललितपुरलाई तीन विकेटले दोस्रो खेलमा पोखरा राइनोजलाई सुपर ओभरमा हराएको थियो । तेस्रो खेलमा भैरहवासँग चार विकेट र चितवनसँग पाँच रनको झिनो अन्तरले पराजित भएको विराटनगरलाई अघिल्लो चरणको यात्रा कठिन भएको छ । ललितपुर, काठमाडौँ र भैरहवा यसअघि नै प्ले अफमा पुगिसकेका छन् । रासस