२४ जेष्ठ २०८३, आईतवार
,
Latest
न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेव कुर्लिदा प्रचण्ड खुसी, ओलि तनाबमा



अ+ अ-

काठमाडौं । नेकपा स्थायी समिति बैठकमा नेता वामदेव गौतमले एक पद एक जिम्मेवारी सहित पार्टी कामको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाललाई मात्र दिनुपर्ने खालको प्रस्ताव ल्याएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली रुष्ट बनेका छन् ।

उनले पार्टीभित्र फाटो ल्याउने षड्यन्त्रस्वरुप यस्तो प्रस्ताव आएको हुन सक्ने विश्लेषण आफु निकटसँग गरेका छन् । प्रधानमन्त्री ओलीले आईतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा गौतमलाई उल्ले नगरी दुई अध्यक्ष मिलेर पार्टी चलाएको विषय मन नपरेर झगडा लगाउन खोजिएको उल्लेख गरे ।

दुई अध्यक्ष मिलेर पार्टी चलाउँदा सबै आश्चार्यमा परेका छन्, तत्कालीन एमाले र माओवादीनिकट कानुन् व्यवसायीको संगठन एकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, लगडाइँ झगडा लगाउन सकिन्छ कि रु कुर्सी अलि अलि पर सार्न सकिन्छ कि ? त्यो प्रयास भएको छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।