२४ जेष्ठ २०८३, आईतवार
,
Latest
न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिनाको पहिलो दिन नै आयो सेयर बजारमा सुधार



अ+ अ-


काठमाडौं । पुस महिनाको पहिलो दिन सेयर बजारमा सुधार आएको छ । महिनाको पहिलो दिन आइतबार व्यापार समूह बाहेक सबै सुधार आएरको हो ।

आइतबार सेयर बजार १८ दशमलव ८९ अंकले उकालो लागेको छ ।केहि दिन यता आएको उतारचढावका बीच आइतबार १८ दशमलव ८९ अंकले उकालो लागेर नेप्से परिसूचक १ हजार १ सय ६७ दशमलव ६७ मा पुगेर बन्द भएको हो ।

परिसूचकसँगै कारोबार रकम समेत उच्च देखिएको छ । दिनभरमा भएका ४ हजार ९ सय ७४ कारोबारबाट १ सय ५९ कम्पनीको १४ लाख ७ हजार ५३४ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार ४७ करोड ४२ लाख १६ हजार ९ सय ५ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कारोबार रकमका आधारमा छिमेक लघुवित्त विकास बैंक अग्रस्थानमा देखिएको छ । छिमेक लघुवित्तको आइतबार ५ करोड ७७ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ ।