२४ जेष्ठ २०८३, आईतवार
,
Latest
न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको उत्कृष्ठ गोलमा युभेन्टसको जित



अ+ अ-

इटालि । इटालियन सिरी ए लिगमा लिग लिडर युभेन्टसले जित हात पारेको छ । शनिबार राति भएको खेलमा युभेन्टसले टोरिनोलाई १–० गोलअन्तरले पराजित गर्दे कठिन पुर्ण जित हासिल गरेको हो । युभेन्टसको जितमा उसका स्टार खेलाडि क्रिष्टियानो रोनाल्डोले गोल गरेका हुन् ।

पहिलो हाफमा उत्कृष्ठ खेल सहित गोलरहित बराबरीमा रोकेपनि टोरिनोले खेलको दोस्रो हाफमा गोल खान पुग्यो । खेलको ७०औं पाएको पेनाल्टीबाट रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । बाँकी समयमा कुनै खेलाडि चल्न नसक्दा खेल युभेन्टसले १–० गोलले जितेको हो ।

शनिबार राति नै भएको अर्को खेलमा इन्टर मिलानले उडिनेसलाई १–० गोलले नै पराजित गरेको छ ।

जितपछि शीर्ष स्थानमा रहेको युभेन्टसले १६ खेलबाट ४६ अंक बनाएको छ । पराजित टोरिनोको भने २२ अंक रहेको छ । लिगको तेस्रो स्थानमा रहेको इन्टर मिलानको भने १६ खेलबाट ३२ अंक रहेको छ ।