२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला हत्या प्रकरण- बर्खास्त डिएसपीले दिए पुनर्वहालीको निवेदन



अ+ अ-

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको घटनामाथि राम्ररी अनुसन्धान गर्न नसेकाेमा र  लापरबाही गरेको भनी बर्खास्तीमा परेका डिएसपी र अर्का एक अधिकारीले पुनर्वहालीको माग गर्दै मन्त्रीपरिषदमा निवेदन बुझाएका छन् ।

प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख थिए । त्यसैगरी प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदीश भट्ट छन् । उनीहरूले जागिरमा पुनर्वहालीको माग गर्दै निवेदन बुझाएका हुन् ।

घटनाको अनुसन्धानमा प्रारम्भदेखि नै लापरबाही खुलेको विभिन्न समितिले निष्कर्ष निकालेपछि उनीहरुलाई बर्खास्त गरिएको थियो । बर्खास्त गरिएको ३५ दिनभित्र पुनर्बहालीको लागि निवेदन दिन सकिने प्रावधान अनुरुप उनीहरुले निवेदन दिएको स्रोतले बतायो ।

विष्टको कमाण्डमा रहेको कञ्चनपुर प्रहरीले घटनामा मुख्य अभियुक्तको रुपमा दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, निर्मलाको भजाइनल स्वावमा भेटिएको डीएनए र विष्टको डीएनए नमिलेपछि उनी छुटेका थिए ।

मन्त्रीपरिषदबाट निवेदन अस्वीकृत भए सर्वोच्च अदालतमा जाने उनीहरुको तयारी छ । प्रकरणमाथिको अनुसन्धान नै पूरा नभइ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले २९ असोजमा विष्ट र भट्टलाई बर्खास्त गर्न गृहमन्त्रालयलाई सिफारिस गरेका थिए ।

उनीहरुलाई भविष्यमा सरकारी सेवामा योग्य हुने गरी सेवाबाट हटाइएको थियो । यसअघि १० साउनमा घरबाट हराएकी बालिका निर्मलाको भोलिपल्ट उखुबारीमा विभत्स अवस्थामा शव भेटिएको थियो ।