२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारमाथिको धम्कीप्रति युनियनको निन्दा



अ+ अ-

 

काठमाडौँ, १३ मङ्सिर (रासस) – नेपाल प्रेस युनियनले युनियनका पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेपाल पत्रकार महासङ्घ कास्की शाखाका कार्यसमिति सदस्य क्रियाशील पत्रकार कमल पौडेलमाथि भएको दुव्र्यहारप्रति भत्र्सना गरेको छ ।

महासचिव अजयबाबु सिवाकोटीले आज विज्ञप्ति जारी गरी पौडेलमाथि दुव्र्यवहार गर्दै फोनमा समेत धम्की दिइएकोप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।

“लाखौँ रुपैयाँ उठाई पोखराकी एक महिला फरार, मिटर ब्याजमा सर्वसाधारण ठगी’ शीर्षकको समाचार प्रकाशित गरेको भन्दै ती महिलाले ९८५६०४०२३८ को मोबाइलबाट ज्यान मार्ने धम्की दिएको पत्रकार पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित समाचारप्रति चित्त नबुझेमा समाचारको खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी गर्ने र त्यतिले पनि चित्त नबुझेमा अदालतमा जान सक्ने अवस्थामा पत्रकार पौडेललाई गरिएको दुव्र्यवहार निन्दनीय रहेको युनियनले जनाएको छ ।

पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति गरी निर्वाध समाचार सङ्कलन र सम्प्रेषणको वातावरण बनाउन पनि स्थानीय प्रशासनसँग युनियनले माग गरेको छ ।