२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडाध्यक्ष बुढाको निधन



अ+ अ-

घोराही, १३ मङ्सिर (रासस) – घोराही उपमहानगरपालिका–१६ का वडाध्यक्ष लक्षिनप्रसाद बुढाको निधन भएको छ । उहाँको आज बिहान वडा नं १५ मा रहेको आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखि जण्डिसले थलिनुभएका बुढाको काठमाडाँै, भारतको दिल्ली र बैङ्लोरका अस्पतालमा उपचार गरी केही समय अगाडि घर फर्कनुभएको थियो । तत्कालीन नेकपा एमालेका तर्फबाट स्थानीय निकायको चुनावमा निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर मतले विजयी हुनुभएका बुढाले आफ्नो वडामा लोकप्रिय कामसमेत गरिरहनुभएको थियो ।