२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

अाणविक प्रविधिकाे शान्तिपूर्ण उपयाेग जरूरी छ – मन्त्री पाेखरेल



अ+ अ-

काठमाडाैं, १२ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अष्ट्रियाको भियनामा भैरहेको अाणविक विज्ञान तथा प्रविधिसम्बन्धी मन्त्रीस्तरीय बैठकमा बुधबार सम्बाेधन गर्दै अाणविक प्रविधिको शान्तिपूर्ण प्रयोग दिगो विकासकाे लक्ष्य प्राप्तिका लागि सहयोगी हुने विचार व्यक्त गर्नुभयाे ।

मन्त्री पाेखरेलले अन्तरराष्ट्रिय अाणविक उर्जा निकाय (अाइएइए) काे प्राविधिक सहयाेग कार्यक्रमले नेपालजस्ता देशलाई अाणविक प्रविधिको विकासमा सहयोग पुग्ने धारणा राख्नुभएकाे मन्त्रालयले जनाएकाे छ ।

नेपालले सन् २००८ मा अाइएइएकाे सदस्यता लिएको थियो । याे संस्थाले अाणविक हातहतियार, उर्जा विकास जस्ता महत्वपूर्ण क्षेत्रमा नियमन, नियन्त्रण र अनुगमन गर्ने गर्दछ ।

नेपालले अाइएइएकाे प्राविधिक सहायता कार्यक्रम मार्फत स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा थुप्रै परियोजनामा सहयोग लिएको छ।

मन्त्री पाेखरेलले बिहीबार अाइएइएका प्रमुखसँग भेट गर्ने कार्यक्रम रहेकाे छ ।