२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीपीको विद्रोह सार्वजनिक



अ+ अ-

काठमाडाैं, ७ मंसिर । पत्रकार जगत नेपालले बीपीको विद्रोह नामक कृति बजारमा ल्याएका छन् । बीपीको जीवनीमा आधारित रहि लेखिएको उक्त कृतिकाे शुक्रबार पूर्व राष्ट्रपति डा. रामवरण यादवले सार्वजनिक गर्नुभयाे । राजधानीमा आयोजित एक कार्यक्रमबीच सो पुस्तक सार्वजनिक गरिएको हो ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको राजनीतिक लडाइँ, मेलमिलापकाे नीति लगायतका विविध पक्षलाइ पुस्तकमा समेटिएकाे छ । नेपालमा प्रजातन्त्र स्थापनाका लागि बीपीले गरेको सङ्घर्ष, चालेको कदम, उनको विद्रोही चेत र विद्रोहका क्रममा उनले झेल्नुपरेका अनेक संकटका बारेमा प्रकाश पारिएकाे छ ।


बीपीलाई नेपाली साहित्य जगतमा नौलो परम्परा र शैलीका प्रबर्तक समेत मानिएको छ ।  उक्त पुष्तकमा बीपी स्वयंले उजागर नगरेका वा उजागर गर्न बाँकी रहेका तथ्यहरुलाई एकत्रित गरेर चिरफार गर्ने प्रयास गरिएको लेखक नेपालले बताएका छन् । कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईसहित राजनीतिक विश्लेषक डा हरि शर्मा, शिक्षाविद् केदारभक्त माथेमा, डा ज्ञानु पाण्डेलगायतले पुस्तकमाथि टिप्पणी गरेका थिए ।  पुस्तक बाह्रखरी बुक्सले प्रकाशन गरेको हो ।