२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीमा धान खरीद गर्दै खाद्य संस्थान



अ+ अ-

धनगढी, ३ मङ्सिर : नेपाल खाद्य संस्थानले ढिलो गरी कैलाली जिल्लामा नयाँ धान खरीदको व्यवस्था गर्न लागेको छ ।

किसानले धान बाली भित्र्याएको एक महीनाभन्दा बढी समयपछि संस्थानले धनगढीको मोहनपुर र टीकापुरस्थित डिपोमा काँटा सञ्चालन गरेर धान खरीदको व्यवस्था गर्न लागेको हो । खाद्य संस्थान सेती अञ्चल कार्यालयका प्रमुख प्रेमनारायण भण्डारीले नेपाल सरकारले तोकेको धानको न्युनतम समर्थन मूल्यमा नै आगामी तीन÷चार दिनभित्रमा कैलालीमा धान खरीद शुरु गर्न लागिएको राससलाई जानकारी दिनुभयो ।

सरकारले प्रतिक्विन्टल मोटो धान रु दुई हजार ३३१ र मध्यम धानको रु दुई हजार ४६० न्युनतम समर्थन मूल्य तोकेको छ । “यस वर्ष आठदेखि दश हजार मेट्रिक टन धान खरीद गर्ने लक्ष्य छ”, भण्डारीले भन्नुभयो, “धान खरीदका लागि केन्द्रीय कार्यालयबाट निर्देशन आइसकेको छ ।” संस्थानले गएको वर्ष जिल्लामा करीब ४५ हजार क्विन्टल धान खरीद गरेको थियो ।

संस्थानले समयमै नयाँ धान खरीदको व्यवस्था नगर्दा धान बिक्रीमा व्यापारीहरुको मूल्यमा एकाधिकार रहन गई आफूहरुले उचित मूल्य नपाउने गरेको गुनासो किसानको छ । “संस्थानले समयमै न्यूनतम समर्थन मूल्य तोकेर खरीदको व्यवस्था गरेको भए किसानलाई सजिलो हुने थियो”, स्थानीय किसान छविलाल भट्टले भन्नुभयो, “मूल्य नतोकिँदा व्यापारीले तोकेको मूल्यमा नै धान बेचेर किसानले चाडबाड मनाउनु परेको छ ।”

किसानको मुख्य आम्दानी स्रोत धान बाली रहेको छ । घर खर्चका साथै अन्य कामका लागि चाहिने नगदको जोहो धान बिक्री गरेर किसानले पूर्ति गर्ने गरेका छन् । कैलालीमा ७२ हजार ५०० हेक्टर क्षेत्रफलको जग्गामा बर्खेधान बालीको खेती गर्ने गरिएकामा प्रतिहेक्टरमा तीन टन धान उत्पादन हुने गरेको छ ।