२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब सरकारले गियर बढाउँछ : प्रचण्ड



अ+ अ-

बुटवल, १७ कार्तिक– नेकपाका अध्यक्ष एवं पुर्वप्रधानमन्त्रि पुष्प कमल दाहालले सरकारले अव तिव्र गतिमा जनताले देख्ने गरी काम गर्ने बताउनु भएको छ ।

नेकपा रुपन्देहीले बिजया दशमी, दीपावली, छठ र नेपाल सम्वतका अवसरमा शनिबार बुटवलमा आयोजना गरेको शुभकामना सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले असोज ३ गतेसम्म संबैधानिक व्यवस्था अनुसार आवश्यक मौलिक अधिकार सम्वन्धि ऐन कानुन बनाउन सरकार केन्द्रित भइरहेको बताउनुभयो । सरकारले सँगसँगै बिकासका लागि पुर्वाधारहरु पनि तयार गरेकाले अव जनताले देख्ने गरी काम हुने उहाँको दावी थियो ।

उहाले भन्नुभयो “संबिधान अनुसार असोज ३ भित्र ऐन बनाउनु पर्ने पनि थियो त्यो काम पुरा भएको छ जनताले देख्न बाटोघाटो र विकास नै चाहिने रहेछ अव सरकारले गति (गियर ) बढाउछ ।’

पुर्वप्रधानमन्त्रि दाहालले ५ वर्षमा पुर्वाधार बिकास गरी समृद्धिको स्पष्ट दिशामा देशलाई अघि बढाउने उल्लेख गर्दै १० वर्षमा एसियाली मापदण्ड भन्दा पनि तिब्र बिकास भएको देशमा रुपान्तरण गर्न सकिने बताउनु भयो ।

उहाले प्रक्रिक्रियावादी र सामन्तवादीहरुको ठुलो षडयन्त्रका बीच पनि नयां सबिधान बनाई निर्वाचन समेत गरी कम्युनिष्ट नेतृत्वको सरकार बनाउन सकेको बताउनु भयो ।

कार्यक्रममा पार्टी महासचिव बिष्णु पौडेलले सरकारले एक वर्ष काम नगर्दै यसको मुल्यांकन गर्न उपयुक्त नहुने बताउदै न्युनतम एउटा आर्थिक वर्षको बजेट कार्यान्वयन हुदासम्म पर्खिन आग्रह गर्नुभयो ।

उहाले २ पार्टीबिचको एकता पश्चात पार्टीका सबै तहले पुर्णता नपाएको प्रसंगमा एकता प्रक्रिया टुग्याउन गाह्रो भएर नभई एकताको जग बलियो हो र एकले अर्कोलाई पनि राम्रो संग चिन्न सकियोस भनेर केही समय ढिलाई भएको बताउनु भयो ।

प्रदेश नम्वर ५का मुख्यमन्त्रि तथा पार्टीका प्रदेश इञ्चार्ज शंकर पोखरेलले संक्रमण र अन्यौलतालाई हटाएर २ वर्षमा दुई अंकको आर्थिक बृद्धि गर्ने गरी केन्द्रिय र प्रदेश सरकारहरुले काम गरीरहेको बताउनु भयो ।

संघिय सरकारका कृषि तथा पशुपक्षि बिकास मन्त्रि चक्रपाणी खनालले नेपालको एतिहासमा राम्रो र बलियो बनेको अहिलेको सरकारले देशको बिकास र आर्थिक समृद्धिको एजेण्डालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै जनताले केही समयमा नै परिवर्तनको महसुश गर्न सक्ने बताउनु भयो ।

पर्टी स्थायी समिति सदस्य तथा पुर्वउपप्रधानमन्त्रि टोप बहादुर रायमाझिले बुलेटमा मात्र होइन ब्यालेटमा पनि नेपालका कम्युनिष्ट पार्टी सक्षम छन भन्ने प्रमाण बिश्व समुदायलाई अहिले नेकपाले दिइसकेकाले अव बिकास र समृद्धिको नेतृत्व गरेर बिश्वमा नया इतिहास कायम गर्ने बताउनु भयो ।

पर्टीका प्रदेश अध्यक्ष तथा पुर्व सभामुख ओनसरी घर्तीले पार्टीले पाएको अहिलेको एतिहासिक अवसरलाई नेतृत्वले सुझबुझ पुर्ण निणर्य गर्दै जनतालाई परिवर्तनको प्रत्याभुति दिन सक्ने बिश्वास व्यक्त गर्नुभयो ।

पार्टी रुपन्देही कार्यदलका सदस्य तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको सभापतित्व र कार्यदल सदस्य निर्मल जिसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।