२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

केशव स्थापित मन्त्रीबाट बर्खास्त



अ+ अ-

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा विकास विकास मन्त्री केशव स्थापित पदबाट बर्खास्त गरेका छन्।

स्थापितलाई संविधानको धारा १ सय ६९ बमोजिम पदबाट बर्खास्त गरिएको मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ।

‘मन्त्री स्थापितलाई संविधानको धारा १ सय ६९ को उपारा २ (ख) बमोजिम बर्खास्त गरिएको हो। उहाँको मन्त्रालय अब मुख्यमन्त्रीज्यूले नै सम्हाल्नुहुने छ,’ मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलेले सेतोपाटीसँग भने।

संविधानको धारा १ सय ६९को उपधारा २ (ख)मा मुख्यमन्त्रीले पदमुक्त गरेमा मन्त्रीको पद रिक्त हुने व्यवस्था छ।

बुधबारको मन्त्रिपरिषद बैठकमा स्थापितले पौडेललाई गालीगलौज र दुर्व्यवहार गरेका थिए। आफूलाई मुख छोडेर गाली गरेपछि मुख्यमन्त्री पौडेल यसबारे प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत अन्य नेताहरूसँग कुरा गर्न काठमाडौं आएका थिए।

पौडेलले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालको बेडमा भेटेका थिए।

भेटका क्रममा स्थापितसँग आफूले काम गर्न नसक्ने बताएका थिए।

स्थापित पनि प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगे पनि प्रधानमन्त्रीले भेट दिएका थिएनन्।

काठमाडौं महानगरका पूर्वमेयर स्थापितलाई दुई महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका थिए।