२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा नक्कली नोट भेटियो



अ+ अ-

४ कात्तिक, काठमाडौं । ललितपुर र काठमाडौंका विभिन्न स्थानबाट ३ लाख ७० हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद भएको छ ।

दशैंको वेला राजधानीमा नक्कली नोटको विगविगी भएको सूचना पाएपछि काठमाडौं प्रहरीले चलाएको अपरेशनका क्रममा नक्कली नोट बरामद भएको हो ।ती नोटहरुसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । यसअघि शुक्रबार महागनरीय प्रहरी वृत्त, गौशालाले एक हजार दरको २९ वटा नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा कागेश्वरी मनहरा–११ का २५ वर्षीय शाहिल थापा र स्थानीय २९ वर्षीय विकास दोक्चे महर्जन थिए । उनीहरुबाटै प्राप्त सूचनालाई फेलो गर्दै जाँदा प्रहरीले ललितपुरको मच्छेगाउँस्थित एक व्यक्तिको घरसहित काठमाडौंका विभिन्न क्षेत्रमा छापा मारेर नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको हो । छापा मार्ने क्रममा विभिन्न व्यक्तिको कोठाबाट फोटोकपी मेसिनसहित नोट छाप्ने कागजहरु बरामद भएको छ । परिसरका एक अधिकारीका अनुसार उनीहरुले आफ्नै कोठामा फोटोकपी मेसिनहरु राखेर नक्कली नोट छाप्ने गरेका थिए ।