२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संगठनका किरा धमिरा फाल्दैछु, सबैको सहयोग चाहिन्छ – आइजी खनाल



अ+ अ-

 

२१ असोज, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही मानिसका कारण सिंगो प्रहरी नै आलोचित हुनु परिरहेको भन्दै आफूले प्रहरी संगठन भित्र रहेका किरा र धमिरा टिपेर फाल्न लागेको बताएका छन् ।

उनले भने प्रहरी संगठन नै बद्नाम हुने अवस्था आएको छ, त्यहाँ रहेका किरा धमिरा टिपेर फाल्न लागिपरेको छु, मलाई तपाईहरु सबैको सहयोग चाहिन्छ । केही मान्छेका कारण सिंगो प्रहरी संगठनलाई लान्छना गर्ने काम आफूलाई स्वीकार्य नभएको उनले बताए ।प्रहरी दिवस रनिङ कप भलिबलको समापन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै आईजीपी खनालले आफू प्रहरीभित्र रहेका किरा धमिरा टिपेर फाल्न लागिपरेको बताए । उनले प्रहरी संगठन यतिखेर नेपाली नागरिकबाट आलोचित हुन पुगेको स्वीकार गर्दै भने– केही पदाधिकारीले गर्दा तपाईं हामी र सिंगो संगठनमाथि नै लान्छना आउने गरेको छ,’ त्यस्ता किरा धमिरा टिपेर फाल्न लागिपरेको छु । यसमा सबैको साथ सहयोग रहन जरुरी छ ।’
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा अपराधीलाई कारबाही गर्नुपर्ने प्रहरी स्वयं प्रमाण नष्ट गर्न लागेको भन्दै आलोचित भइरहेको छ ।
प्रहरीले कुनै गल्ती गर्नु हुँदैन भन्ने अपेक्षा जनताको रहेको भन्दै उनले हरेकले ‘म प्रहरी हुँ, राम्रो गर्नुपर्छ र गलत बाटोमा लागेको साथीलाई सच्याउनुपर्छ’, भन्ने भावनाले काम गर्ने हो भने यो सम्भव भएको धारणा राखे ।




भर्खरै