२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाः विवादमा मुछिएका क्याभाना न्यायाधीश नियुक्त



अ+ अ-

अमेरिकी सर्वोच्च अदालतका न्यायाधीशमा राष्ट्रपति डोनाल्ड ट्रम्पले मनोनयन गरेका ब्रेट क्याभाना हप्तौँदेखिको तीखो बहसपछि अनुमोदित भइ शपथ लिएकाे बिबिसीले जनाएकाे छ । अमेरिकी सिनेटले ४८ का विरुद्ध ५० मतले क्याभानाको मनोनयनलाई अनुमोदन गरेको छ।

क्याभानामाथि यौन दुर्व्यवहारको आरोप लगाइएको थियो, जुन आरोपलाई उनी अस्वीकार गर्छन् ।

तर नियुक्तिबारे निर्णयमा पुग्न नसकेका दुईजना सिनेटरले संघीय अनुसन्धान निकाय एफबीआईले ११ घण्टा लगाएर गरेको एउटा अनुसन्धानपछि क्याभानालाई समर्थन गर्ने निधो गरे।

जित

उनको नियुक्तिले अमेरिकामा आउँदो नोभेम्बरमा हुने महत्त्वपूर्ण मध्यावधि चुनावअघि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एउटा राजनीतिक जित दिलाएको छ।

सिनेटमा मतदानअघि क्याभानाको मनोनयनको विपक्षमा वाशिङटनमा सयौँ मानिसले प्रदर्शन गरेका थिए।

मतदानका क्रममा प्रदर्शनकारीहरूले चर्को नाराबाजी गरेपछि उपराष्ट्रपति माइक पेन्सले शान्ति, सुरक्षा कायम राख्न निर्देशन दिनुपरेकाे थियो।

अनुमोदन र त्यसपछि शपथसँगै क्याभाना जीवनभरिका लागि न्यायाधीश भएका छन् ।

अनुदारवादी

उनको नियुक्तिले नौजना न्यायाधीश हुने अमेरिकी सर्वोच्च अदालतमा अनुदारवादीहरूको नियन्त्रण थप मजबुत भएको छ।

अमेरिकी कानूनको अन्तिम व्याख्या गर्ने अधिकार त्यहाँको सर्वोच्च अदालतमा निहित हुन्छ ।

सर्वोच्च अदालतमा आयोजित एक समारोहबीच ५३ वर्षीय क्याभानाले शपथ लिएका छन्। राष्ट्रपति ट्रम्पले सिनेटलाई बधाई दिएका छन्।

उनले क्याभाना ‘डेमोक्र्याटहरूको डरलाग्दो आक्रमणबाट जोगिएको’ टिप्पणी समेत गरेका छन्।




भर्खरै