२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंस्थित मुलपानीको ‘जुवा घरमा’ प्रहरीको अपरेशन, हामफाल्दा दुईको मृत्यु



अ+ अ-

चाडबाड शुरु भएसँगै लुकीछिपी जुवा तास खेल्ने क्रम बढेको छ । यो क्रमसँगै प्रहरीले पनि आफ्नो गस्तीलाई व्यवस्थित र बाक्लो पनि बनाएको छ ।

गएराति काठमाडौंको मुलपानीमा प्रहरीले गोप्य सूचनाको आधारमा एक जुवा घरमा अपरेशन गरेको छ । प्रहरीले जुवाडेमाथि चलाएको अपरेशनका क्रममा हामफाल्ने क्रममा दुई जना जुवाडेको मृत्यु भएको छ । मृत्यु हुनेमा सानुलाल तामाङ र सरोज घले छन् ।

जुवा खेलाइरहेको घरमा पुग्ने वित्तिकै भागाभाग भएको र भाग्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी परिसरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) होमेन्द्र बोगटीको नेतृत्वमा टोली खटिएको थियो ।

प्रहरी घरमा पस्नेबित्तिकै २ जना हामफालेको थाहा पाउनेबित्तिकै प्रहरीले भ्यानमा राखेर ग्वार्कोस्थित विएण्डबी हस्पिटलमा उपचारका लागि लगिएको थियो तर उनिहरुको उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।