२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कार पीडित नारीले पाइन् नोबेल शान्ति पुरस्कार



अ+ अ-

ओस्लो, १९ असोज (रासस/एएफपी)ः द्वन्द्वको परिस्थितिमा यौनहिंसा विरुद्ध उत्कृष्ट कार्य गरेको भन्दै प्रजातान्त्रिक गणतन्त्र कङ्गोका डा डेनिस मुकवेगे र याजिदी अभियन्ता नदिया मुरादलाई संयुक्त रुपमा सन् २०१८ को नोबेल शान्ति पुररुकार प्रदान गर्ने घोषणा गरिएको छ ।

नर्वेको ओस्लोमा नोबेल समितिका अध्यक्षा बेरिट रेइस–एन्डरसनले उक्त पुरस्कारको घोषणा गर्नुभएको हो ।

बेरिटले भन्नुभएको छ, “दुवै व्यक्तित्वले युद्ध र सशस्त्र द्वन्द्वमा यौनहिंसालाई हतियारका रुपमा प्रयोग गर्ने प्रवृत्ति अन्त्यका लागि प्रयत्न गरेकाले यस वर्ष नोबेल शान्ति पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरिएको हो ।”

उहाँले युद्धको समयमा महिला र उनीहरुका आधारभूत अधिकार तथा सुरक्षालाई सम्मानित र संरक्षित गर्न सकिए मात्र शान्तिपूर्ण विश्व निर्माण गर्न सकिने बताउनुभयो ।

पुरस्कृत व्यक्तित्वमध्ये एक जना चिकित्सक र अर्को बलात्कार पीडित युवती हुन् । दुवैले विश्वकै यौनहिंसाजस्तो अभिषापका विरुद्ध सङ्घर्ष गर्नुभएको छ र यसमा धेरैले योगदान गरेपनि यो पुरस्कारले त्यसैको प्रतिकात्मक प्रतिनिधित्व गर्दछ ।

यो पुरस्कारको घोषणा विश्वभर तरङ्ग ल्याइरहेको मीटु नामको अभियानको पहिलो वार्षिक समारोहका अवसरमा गरिएको छ ।

पुरस्कृत व्यक्तित्व ६३ वर्षीय मुकवेगेले दुई दशकदेखि युद्धले क्षतविक्षत प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा यौनहिंसा र बलात्कारजस्ता अमानवीय कार्यबाट पीडित महिलाको उपचार र समाजमा पुनस्र्थापित गराउन लगातार कार्य गरिरहनुभएको छ ।

कङ्गोको दक्षिण किभुमा सन् १९९९ मा पान्जी अस्पताल स्थापना गरी उहाँले बलात्कार र यौनशोषणमा परेका दशौं हजार पीडित महिलाको उपचार गर्नुभएको छ ।

“डक्टर मिराकल” अर्थात् चमत्कारिक चिकित्सकको उपनामले पनि चिनिनुभएका डा मुकवेगे युद्धमा महिलाको शोषण विरुद्ध आवाज उठाउने प्रखर व्यक्तित्व हुनुहुन्छ । उहाँले बलात्कारलाई “आम विनाशकारी हतियार” को रुपमा समेत व्याख्या गर्ने गर्नुभएको छ ।

अर्कोतर्फ इराकी २५ वर्षीया मुराद भने याजिदी समुदायकी बलात्कार पीडित हुन् । उहाँलाई इस्लामिक स्टेटका लडाकूले सन् २०१४ मा अपहरण गरी बलात्कार गरेका थिए । लडाकूको पञ्जाबाट फुत्किनुअघि उहाँलाई तीन महिनासम्म यौनदासी बनाइएको थियो ।

कुर्द–भाषी अल्पसंख्यक याजिदी समुदायका हजारौं महिला र बालिकालाई लडाकूहरुले अपहरण गरी बलात्कार र चरम सजाय दिएका थिए । राष्ट्रसङ्घले यो घटनालाई जातीय नरसंहारको सज्ञा दिएको छ ।

सन् २०१४ अगष्टमा उत्तरी इराकबाट अपहृत मुरादलाई लडाकूहरुले इराककै मोसुल सहर लगेका थिए, र त्यहाँ उहाँमाथि सामूहिक बलात्कार, यातना र कुटपिट गरिएको थियो । लडाकूहरुले इसाइ धर्म मान्दै आउनुभएकी मुरादलाई जबर्जस्ती इस्लामिक धर्म अनुशरण गर्न लगाएका थिए ।

याजिदी समुदायको सुरक्षाका सन्दर्भमा विश्वभर चिनिनु भएकी मुरादलाई मानव बेखबिखन पीडितका लागि राष्ट्रसङ्घीय राजदूतको रुपमा समेत नियुक्त गरिएको थियो ।

मुकवेगे र मुरादले स्वर्ण पदक सहित संयुक्त रुपमा १० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नु हुनेछ । उक्त पुरस्कार डिसेम्बर १० मा ओस्लोमा एक समारोहबीच प्रदान गरिनेछ ।