२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढी भाडा लिनेको अनुगमन शुरु



अ+ अ-

काठमाडौँ, १७ असोज (रासस) ः दशैँको अग्रिम बुकिङको टिकट कालाबजारी गर्ने, बढी भाडा लिने, सहुलियत नदिनेलगायत नियम विपरीत काम गर्नेलाई यातायात व्यवस्था विभागले कारवाही गर्ने भएको छ ।

अनुगमन गरी कारवाहीको अभियान आजैदेखि शुरु गरिएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले राससलाई जानकारी दिनुभयो । सार्वजनिक यातायातका बारेमा धेरै गुनासा आएकाले आजदेखि आफैँ अनुगमनमा निस्किएको उहाँले सुनाउनुभयो ।

विभागको नेतृत्वमा आज नयाँ बसपार्कबाट थानकोटसम्म अनुगमन भएको छ । नयाँ बसपार्कलगायतका स्थानमा समितिका सवारीले टिकट सकियो भन्ने गरेका छन् । दशैँमा लामो दूरीमा यात्रा गर्ने यात्रुले पहिल्यै टिकट लिने गरेका छन् । असोज ९ गतेदेखि मात्र यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ शुरु गरेका थिए ।

बुकिङ शुरु गरेको भोलिपल्टदेखि नै टिकट सकिसक्यो भन्दै कालाबजारीमा बढी भाडा लिएको यातायात सुधारका लागि आवाज उठाउँदै आउनुभएका रामबहादुर थापाले बताउनुभयो ।

केही कम्पनीका टिकट काउन्टरले सीमित मात्रामा टिकट बुकिङ गरेपनि समितिका काउन्टरले भाडा बढाउने अस्त्रका रुपमा मात्र अग्रिम बुकिङलाई प्रयोग गरेको उहाँको भनाइ छ । नयाँ बसपार्कलगायत टिकट काट्ने काउन्टरमा समायोजन गरेको भाडा सूची नहुँदा यात्रुसँग मनपरी भाडा असुली भइरहेको छ ।

मन लागे जति भाडा लिन काउन्टरले कहाँबाट कहाँ जाने स्थानको नाम समेत लेख्दैनन् । सार्वजनिक यातायातमा देखिएका यस्ता समस्या समाधानका लागि अनुगमनलाई तीव्रता दिन लागिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो ।

दशैँ अघि नै असोज ७ गते समायोजन गरिएको भाडा सूची प्रकाशन गरेर वितरण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । मुख्य–मुख्य चोकमा भाडा सूचीको बोर्ड राख्ने तयारी समेत भइरहेको विभागले जनाएको छ । विभागले तोकेको भन्दा रु एकमात्र बढी भाडा लिए पनि रु पाँच हजार जरिवाना गरिने जनाइएको छ ।