२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सर थेरापी अनुसन्धानकर्ता एलिसन र होन्जुलार्इ नोबेल पुरस्कार



अ+ अ-

काठमाडौं- सन् २०१८ को चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिक जेम्स पी एलिसन र जापानी वैज्ञानिक टासुकु होन्जुलार्इ प्रदान गरिने घोषणा गरिएको छ। 

उनीहरूलार्इ ‘क्यान्सर थेरापी’ को अनुसन्धानमा योगदान गरेको बताउँदै यस वर्षको नोबेल पुरस्कार दिने सोमबार घोषणा गरिएको हो।

नोबेल फाउन्डेसनले आफ्नो वेबसाइटमा लेखेको छ, ‘यस वर्षको नोबेल पुरस्कारले क्यान्सरविरुद्धको लडार्इंमा सहयोग पुर्‍याउनेछ।’

फाउन्डेसनले लेखेको छ, ‘इम्युन चेकपोइन्ट थेरापी क्यान्सरको उपचारमा क्रान्तिकारी उपचार पद्धती हो र यसले क्यान्सरलार्इ हेर्ने दृष्टिकोणमा समेत परिवर्तन ल्याउनेछ।’

जेम्स एलिसन अमेरिकी वैज्ञानिक हुन्। अमेरिकास्थित एमडी एन्डरसन क्यान्सर सेन्टर वर्कको इम्युनोलोजी डिपार्टमेन्टका अध्यक्षसमेत रहेका एलिसनले लामो समयदेखि सेता रक्तकोषले क्यान्सरविरुद्ध लड्न सक्ने विषयमा अनुसन्धान गरिरहेका थिए।

त्यसैगरी टासुकु होन्जु जापानी वैज्ञानिक हुन्। उनले  क्यान्सर हुनुमा प्रोटिनको भूमिकाको विषयमा अनुुुसन्धान गरेका थिए।

मंगलबार भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार घोषणा गरिनेछ भने बुधबार रसायन विज्ञान, शुक्रबार शान्तितर्फको पुरस्कारको घोषणा गरिने नोबेल फाउन्डेसनले जनाएको छ।

हरेक वर्ष पाँच विधा साहित्य, रसायन विज्ञान, भौतिक शास्त्र, शान्ति र क्रिया विज्ञान तथा चिकित्सा क्षेत्रमा योगदान गरेवापत प्रदान गरिँदै आएको छ।

सन् १८९५ मा स्विडेन निवासी रसायनविज्ञ तथा इन्जिनियर अल्फ्रेड बेर्नार्ड नोबेलको नाममा नोबेल फाउन्डेसन स्थापना गरी यो पुरस्कार प्रदाथ गरिँदै आएको छ।