२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहमतिपछि खुर्शिदको शव परीक्षणका लागि धरान पठाइयो



अ+ अ-

इनरुवा, ५ भदौ (रासस) ः अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएका मौलाना खुर्शिद अन्सारीको शव परीक्षणका लागि आज साँझ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ लगिएको छ ।

सुनसरी हरिनगर गाउँपालिका–२ रामनगरभुटहामा सरकारी पक्ष र स्थानीय मुस्लिम अगुवाबीच भएको सहमतिपछि उनकोे शव परीक्षणका लागि धरान पठाइएको हो । मौलाना खुर्शिदको मृत्यु भएको करीब ३० घण्टापछि स्थानीयवासीले शव परीक्षणका लागि उठाउन दिएको हो ।

स्थानीयवासीले राखेको मागमध्ये गृहमन्त्रालयमार्फत सम्बोधन हुन सक्ने सबै सम्बोधन भएको र बाँकी मन्त्रिपरिषद्को बैठकमार्फत सम्बोधन हुने गरी गृहमन्त्रालयले प्रस्ताव लगेको विश्वास दिलाएपछि उनीहरुले शव उठाउन दिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताउनुभयो । प्रजिअ उप्रेतीको संयोजकत्वमा वार्ता भएको थियो ।

स्थानीयवासीको मागमध्ये छानबिन समिति गठन भइसकेको, अनुसन्धान समिति गठन भइसकेको, भुटाहादेखि घुस्कीसम्म रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको युनिट परिवर्तन गर्ने लगायतका माग सम्बोधन भइसकेको तथा शहीद घोषणा, क्षतिपूर्ति जस्ता विषयमा आज बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने सम्भावना रहेको विश्वास दिलाएपछि स्थानीयवासीले शव उठाउन दिएको प्रजिअ उप्रेतीले राससलाई जानकारी दिनुभयो ।

वार्ता सकारात्मक भएको र आन्दोलनका सबै कार्यक्रम अर्को निर्णय नहुञ्जेलसम्मका लागि फिर्ता लिएको समाजसेवी नइम अन्सारीले बताउनुभयो ।

हरिनगर गाउँपालिका–२ मा रहेको रै्ययान नेशनल स्कूलका सञ्चालक मौलाना खुर्शिद अन्सारीको बिहीबार अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको थियो । सो घटनाका विषय लिएर स्थानीयवासीले हरिनगर, भुटाहा र भोक्राहा बजार आज दिनभरि बन्द गराएका थिए ।