२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामबहादुर बम्जनमाथि बलात्कारको आरोप



अ+ अ-

तपस्वी रामबहादुर बम्जनमाथि १८ बर्षिया किशोरी बलात्कारको आरोप लागेको छ । बाराको जंगलमा तपस्या बसेर एकाएक चर्चामा आएका बम्जनमाथि यस्तो आरोप आएको हो ।

शनिबार ललितपुरमा महिला अधिकारकर्मीहरुको सहयोगमा पत्रकार सम्मेलनको आयोजना गर्दै एक १८ वर्षीया किशोरीले आफूलाई ‘धर्मगुरु’ बम्जनले पटक–पटक बलात्कार गरेको खुलासा गरेकी हुन् । किशोरीले महिला अधिकारीकर्मीहरुलाई बताएअनुसार बम्जनको सिन्धुलीस्थित गुम्बामा आनी बन्न पुगेको बेला बलत्कार गरेका हुन् ।

पत्रकार सम्मेलनमा पहिलो पटक २ बर्षअघि बम्जनकी श्रीमती काठमाडौं आएको बेला आफूलाई बलात्कार गरेको किशोरीको दावी थियो । किशोरीका अनुसार त्यसपछि पनि तपस्वी बम्जनले पटक पटक बलात्कार गरेको पीडित युवतीको गुनासो छ । आफू पिडामा परेपछि किशोरीले प्रहरीलाई उजुरी गर्ने सोच बनाउँदा तपस्वी बम्जनकी श्रीमतीले धम्काएपछि कुरा बाहिर ल्याउन नसकेको गुनासो गरिन् । तर बलात्कारका घटना ओझेलमा राख्नुहुदैन् भन्दै महिलाअधिकारकर्मीमार्फत न्याय खोज्न आफू काठमाडौं आएको उनले बताइन् ।