२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मलाका हत्यारा छिट्टै पक्रिन्छन्– गृहमन्त्री थापा



अ+ अ-

काठमाडौँ, २९ भदौ । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी १३ वर्र्षीया बालिका निर्मला पन्तका हत्यारा छिट्टै पक्राउ पर्ने आश्वासन दिएका छन् । निर्मलाको बलात्कार र हत्यामा संलग्नहरू छिटै कानुनको कठघरामा आउनेछन् – शुक्रबार राष्ट्रिय सभामा उहाँले बताए ।
राष्ट्रिय सभाका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले हत्यारा खोज्ने काममा सरकार गम्भीरताका साथ लागेको पनि बताए । मन्त्री थापाले यसअघि पक्राउ परेका दीलिपसिंह बिष्ट नै दोषी हुन भनेर आफूले नभनेको भने जिकिर गरे ।
भदौ ७ गते गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले यस घटनामा संलग्न को हुन र अनुसन्धानको क्रममा कसले लापरबाही गरे भन्ने अनुसन्धान गरिरहेको उनले बताए ।
उनले सरकारले फेरि अनुसन्धानमा तिब्रता दिएको छ, दोषी जो सुकै भएपनि कानुनको कठघरामा आउँछन् उम्किने पाउँदैनन् ।




भर्खरै