२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी यु–१६ फुटबलमा भोलि नेपालले किर्गिस्तानको सामना गर्ने



अ+ अ-

काठमाडौँ,  भदौ ३१ । एएफसी १६ वर्षमुनि उमेर समूहको (यु–१६) छनोट फुटबल प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल आयोजक किर्गिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

किर्गिस्तानस्थित डोलोन ओमनुजाकोभ रङ्गशालामा सञ्चालन हुने सो प्रतियोगितामा नेपाली युवा टोलीले विजय लक्ष्यका साथ भोलि शुक्रबार बेलुका किर्गिस्तानको सामना गर्नेछ ।
उक्त प्रतियोगिताको उद्घाटन खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली युवा टोलीले सबैभन्दा बलियो मानिएको टोली जोर्डनलाई समेत पराजित गरेको थियो ।
हिजो बुधबार भएको खेलमा नेपालले जोर्डनलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गर्न सफल भएको थियो ।
त्यस्तै, बुधबार नै भएको पहिलो खेलमा किर्गिस्तान भने ओमनसँग २–० गोलअन्तरले पराजित भएको थियो ।
जारी प्रतियोगितामा नेपालले तीन अङ्क जोडेको छ भने किर्गिस्तान अङ्क विहीन छ । त्यस्तै, उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । समूह ‘बी’ मा नेपालसहित आयोजक किर्गिस्तान, ओमन र जोर्डन छन् ।

विभिन्न १० समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा समूह विजेता टोलीले अर्को वर्ष भारतमा हुने एएफसी च्याम्पियनसिप प्रतियोगिताका लागि सिधै छनोट हुनेछन् भने दश टोलीमध्येबाट शीर्ष चार स्थान हासिल गर्ने टोलीले पनि प्रतियोगितामा सहभागिताको मौका पाउने छन् । रासस