२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसएलसी पूरक परीक्षाको परीक्षाफल सार्वजनिक, ६६.९३ प्रतिशत उत्तीर्ण



अ+ अ-
फाइल फोटो

भक्तपुर, ३१ भदौ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी पूरक (मौका) परीक्षाको परीक्षाफल विहीबार सार्वजनिक गरेको छ ।

परीक्षामा कुल ८३ हजार ७८ जना अर्थात् ६६.९३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले जानकारी दिए ।

परीक्षामा छात्रतर्फ ५५ हजार ३८२ र छात्रातर्फ ६८ हजार ७४६ जना गरी एक लाख २४ हजार १२८ परीक्षार्थी सहभागी भएका थिए । जसमा छात्रतर्फ ३८ हजार ३९९ जना र छात्रातर्फ ४४ हजार ६७९ जना उत्तीर्ण भएका छन् ।

कार्यालयले २०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षाका रुपमा गत साउन २० गतेबाट एसएलसी पूरक परीक्षा सञ्चालन गरेको थियो । उत्तीर्ण परीक्षार्थीले यसवर्षदेखि नै कक्षा ११ अध्ययन गर्न पाउने भएका छन् ।




भर्खरै