२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

७५ किलो चरेससहित ९ जना पक्राउ



अ+ अ-

भीमदत्तनगर, भदौ ३० । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङबाट ७५ किलो चरेससहित बुधबार नौ जना पक्राउ परेका छन् ।

चरेससहित पक्राउ पर्नेमा कडेल गाविस–५ का ३० वर्षीय रामलाल उपाध्याय, ६० वर्षीय हरि सार्की, २१ वर्षीय विवेकराज उपाध्याय, दौलीचौर–९ का २८ वर्षीय विनोद बोहरा, सुर्मा गाविस–८ का ५५ वर्षीय जयबहादुर जेठारा, गाविस–९ का ३४ वर्षीय लालबहादुर बोहरा, सुर्मा गाविस–३ का २९ वर्षीय लोकेन्द्र बोहरा, सुर्मा–७ का ५५ वर्षीया गजेन्द्र बोहरा र भामचौर–२ का ३४ वर्षीय प्रेमबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब निरीक्षक लक्ष्मीराज अधिकारीले बताए ।

उनीहरुलाई मटेला गाविस–८ भाडेबगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

चरेस ढुवानीमा संलग्न गाडी र चालकसमेत प्रहरीले नियन्त्रणमा लिइ कारबाही प्रक्रिया अघि बढाएको छ । अभियुक्तलाई लागु औषध ऐन, २०३३ अनुसार कारबाही हुने बताइएको छ । रासस